• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

नेकपाको बैठकमा वामदेवको यस्तो छ फरक मत (पूर्णपाठ)

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीको स्थायी समिति बैठकमा फरक मत राखेका छन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई काउन्टर दिँदै नयाँ प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् :

    दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्नसकिन्छ। आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो। दशक पहिलेदेखि पार्टी एकीकरणका प्रयत्न शुरु गरिएको भएपनि तात्कालिक राजनीतिक अवस्थाका कारण पार्टीको सिद्धान्त, विचार रआन्दोलनका दौरान विकसित कतिपय मूल्य र मान्यताहरुका सम्बन्धमा व्यापक छलफल र तार्किक निष्कर्षमा पुर्‍याउन नपाउँदै पार्टी एकीकरण गर्ने निष्कर्षमा हामी पुग्यौं। पार्टी एकता संयोजन समिति निर्माण गरेर तत्काल साझा घोषणाका आधारमा नेपालको संविधान जारी भएपछिको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो निर्वाचनमा हामी ठूलो उत्साहका साथ सामेल भयौं। निर्वाचनमा अपेक्षित परिणाम प्राप्त भएपछि केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा सरकार निर्माण गर्ने काममा लाग्दै हामीले पार्टी एकीकरणको कामलाई अगाडि बढायौं। एकीकरण भन्दा पहिले नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको समर्थनमा तत्कालिन नेकपा (एमाले) का अध्यक्ष क.के.पी. ओली २०७४ फागुन ३ गते नेपालको ४१औं प्रधानमन्त्री नियुक्त हुनुभयो। उहाँले नयाँ मन्त्रीमण्डलको गठन गर्दै सरकारको वागडोर सम्हाल्नु भएको सर्वविदितै छ।

    सरकार निर्माण भएको दुई महिनापछि दुबै पार्टीका केन्द्रीय कमिटीको सर्वसम्मत अनुमोदनमा पार्टी एकीकरण गर्ने ऐतिहासिक निर्णय भयो। तद्नुरुप वि.सं.२०७४ जेठ ३ गते दुबै पार्टीका केन्द्रीय कमिटी समावेश गरी ४४१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्माण गरियो। पार्टी एकता संयोजन समितिको प्रस्तावमा केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय केन्द्रीय सचिवालय निर्माण ग¥यो। सोही समितिले निर्माण गरेका कार्यदलहरुले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र विधानलाई केन्द्रीय कमिटीले अनुमोदन ग¥यो। तिनकै आधारमा ऐतिहासिक पार्टी एकीकरणको घोषणा गर्दै निर्वाचन आयोगमा दर्ता गरियो र पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह समेत प्राप्त भयो।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कोे उदयलाई नेपाल र संसारभरीका कम्युनिष्ट क्रान्तिकारीहरुले ठूलो उत्साह, आशा र भरोसाका साथ हार्दिक स्वागत गरे। झण्डै दुईतिहाई स्थानकासाथ संघीय संसद्मा नेकपाको उपस्थितिबाट ६० वर्षभन्दा लामो समयदेखि कायम राजनीतिक अस्थिरता समाप्त भएको निष्कर्षका साथ फड्को मारेर राष्ट्रमा समृद्धि कायम हुनेछ भन्ने आशा बहुसंख्यक जनताले व्यक्त गरे। त्यहीभएर नेकपाका अध्यक्ष प्रधानमन्त्री नियुक्त हुँदा जनताले ठूलो उत्साहका साथ हार्दिक स्वागत गरे। तर सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे पछि चारैतिर निराशा छाउन थाल्यो। अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुका गतिविधिहरुले जनतामा निराशा झन् बढ्न थालेको छ।

    अहिले पार्टी एकीकरण घोषणा पछिका७ महिना र सरकार निर्माण पछिका ९ महिना वितिसकेका छन्। यस अवधिमा एकीकृत केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालय निर्माण गर्नु भन्दा एकीकरणका अरु काम अगाडि बढ्न सकेका छैनन्। नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघिसारेको घोषणापत्र बमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भयो। पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनु भएका कमरेडहरुले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सृजना गर्ने तर्फ कुनै कदम चाल्नु भएन। तीब्र गतिमा पार्टीको पुनर्गंठन गर्दै सरकारलाई जनताको अपेक्षा अनुरुपका लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नेतर्फ पार्टीका प्रमुख नेताहरु लाग्नुहुन्छ की भन्ने अहिलेसम्मको स्थितिलाई हेर्दा आशा गर्न सकिने अवस्था देखिएन। यस्तो अवस्थामा देशको आवश्यकता तथा नेपाली जनताका आशा–अपेक्षा पूरा गर्नेतर्फ पार्टी र सरकारलाई अघि बढाउन नेपालको कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गरेका र त्यसका निम्ति क्रियाशील नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार कमरेडहरुबाट गम्भीर चिन्ताका साथ सम्पूर्ण नेता र सिंगो पार्टीको ध्यानाकर्षण गर्न यो दस्तावेज प्रस्तुत गरिएको छ। आशा छ पार्टी नेतृत्वले यसलाई सकारात्मक रुपमा लिनेछ।

      तपाईको प्रतिक्रिया
      संबन्धित शिर्षकहरु
      काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
      रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
      आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

      लोकप्रिय

      २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

      २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

      सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

      २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

      सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

      ताजा

      रवि लामिछाने आजै कारागार फर्किने

      २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

      काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

      जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

      हाम्रो बारेमा

      संचालक/सम्पादक :
      दिपक गौतम

      संपर्क नं. ९८५१००८६०९

      Government of Nepal Ministry of Information and Communications Department of Information
      Reg. Certificate No.258/073-74.
      Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

      Press Council Nepal Reg. No
      531/2072-73

      https://www.youtube.com/watch?v=eB95KBqQfcM
      https://www.youtube.com/watch?v=FliGDptWH6k

      Recent Posts

      • रवि लामिछाने आजै कारागार फर्किने
      • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
      • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
      • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
      • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

      हाम्रो टिम

      भिडियो सम्पादक : सुमन तिवारी
      संवाददाता : माधव  प्रसाद भट्टराई
      संवाददाता : शिवु धिताल

      क्यामरा : सुनिल सिहं
      न्युज डेक्स : पवित्रा उप्रेती
      न्युज डेक्स  :  इश्वर गौतम
      न्युज डेक्स :  मौसम गौतम
      IT : त्रिबिक्रम रेग्मी

      सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

       

      Copyright ©2025 Jankari Kendra | All rights Reserved.
       Website By :  nwTech.