• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १३ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १६ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १६ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १६ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १८ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १८ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १८ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २० घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

नेकपाको बैठकमा वामदेवको यस्तो छ फरक मत (पूर्णपाठ)

admin २०७५, पुष, १

काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीको स्थायी समिति बैठकमा फरक मत राखेका छन् । उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई काउन्टर दिँदै नयाँ प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् :

    दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्नसकिन्छ। आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो। दशक पहिलेदेखि पार्टी एकीकरणका प्रयत्न शुरु गरिएको भएपनि तात्कालिक राजनीतिक अवस्थाका कारण पार्टीको सिद्धान्त, विचार रआन्दोलनका दौरान विकसित कतिपय मूल्य र मान्यताहरुका सम्बन्धमा व्यापक छलफल र तार्किक निष्कर्षमा पुर्‍याउन नपाउँदै पार्टी एकीकरण गर्ने निष्कर्षमा हामी पुग्यौं। पार्टी एकता संयोजन समिति निर्माण गरेर तत्काल साझा घोषणाका आधारमा नेपालको संविधान जारी भएपछिको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो निर्वाचनमा हामी ठूलो उत्साहका साथ सामेल भयौं। निर्वाचनमा अपेक्षित परिणाम प्राप्त भएपछि केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा सरकार निर्माण गर्ने काममा लाग्दै हामीले पार्टी एकीकरणको कामलाई अगाडि बढायौं। एकीकरण भन्दा पहिले नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको समर्थनमा तत्कालिन नेकपा (एमाले) का अध्यक्ष क.के.पी. ओली २०७४ फागुन ३ गते नेपालको ४१औं प्रधानमन्त्री नियुक्त हुनुभयो। उहाँले नयाँ मन्त्रीमण्डलको गठन गर्दै सरकारको वागडोर सम्हाल्नु भएको सर्वविदितै छ।

    सरकार निर्माण भएको दुई महिनापछि दुबै पार्टीका केन्द्रीय कमिटीको सर्वसम्मत अनुमोदनमा पार्टी एकीकरण गर्ने ऐतिहासिक निर्णय भयो। तद्नुरुप वि.सं.२०७४ जेठ ३ गते दुबै पार्टीका केन्द्रीय कमिटी समावेश गरी ४४१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्माण गरियो। पार्टी एकता संयोजन समितिको प्रस्तावमा केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय केन्द्रीय सचिवालय निर्माण ग¥यो। सोही समितिले निर्माण गरेका कार्यदलहरुले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र विधानलाई केन्द्रीय कमिटीले अनुमोदन ग¥यो। तिनकै आधारमा ऐतिहासिक पार्टी एकीकरणको घोषणा गर्दै निर्वाचन आयोगमा दर्ता गरियो र पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह समेत प्राप्त भयो।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कोे उदयलाई नेपाल र संसारभरीका कम्युनिष्ट क्रान्तिकारीहरुले ठूलो उत्साह, आशा र भरोसाका साथ हार्दिक स्वागत गरे। झण्डै दुईतिहाई स्थानकासाथ संघीय संसद्मा नेकपाको उपस्थितिबाट ६० वर्षभन्दा लामो समयदेखि कायम राजनीतिक अस्थिरता समाप्त भएको निष्कर्षका साथ फड्को मारेर राष्ट्रमा समृद्धि कायम हुनेछ भन्ने आशा बहुसंख्यक जनताले व्यक्त गरे। त्यहीभएर नेकपाका अध्यक्ष प्रधानमन्त्री नियुक्त हुँदा जनताले ठूलो उत्साहका साथ हार्दिक स्वागत गरे। तर सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे पछि चारैतिर निराशा छाउन थाल्यो। अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुका गतिविधिहरुले जनतामा निराशा झन् बढ्न थालेको छ।

    अहिले पार्टी एकीकरण घोषणा पछिका७ महिना र सरकार निर्माण पछिका ९ महिना वितिसकेका छन्। यस अवधिमा एकीकृत केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालय निर्माण गर्नु भन्दा एकीकरणका अरु काम अगाडि बढ्न सकेका छैनन्। नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघिसारेको घोषणापत्र बमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भयो। पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनु भएका कमरेडहरुले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सृजना गर्ने तर्फ कुनै कदम चाल्नु भएन। तीब्र गतिमा पार्टीको पुनर्गंठन गर्दै सरकारलाई जनताको अपेक्षा अनुरुपका लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नेतर्फ पार्टीका प्रमुख नेताहरु लाग्नुहुन्छ की भन्ने अहिलेसम्मको स्थितिलाई हेर्दा आशा गर्न सकिने अवस्था देखिएन। यस्तो अवस्थामा देशको आवश्यकता तथा नेपाली जनताका आशा–अपेक्षा पूरा गर्नेतर्फ पार्टी र सरकारलाई अघि बढाउन नेपालको कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गरेका र त्यसका निम्ति क्रियाशील नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार कमरेडहरुबाट गम्भीर चिन्ताका साथ सम्पूर्ण नेता र सिंगो पार्टीको ध्यानाकर्षण गर्न यो दस्तावेज प्रस्तुत गरिएको छ। आशा छ पार्टी नेतृत्वले यसलाई सकारात्मक रुपमा लिनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
    ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
    चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

    ताजा

    तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

    इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

    शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

    एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    हाम्रो फेसबुक

    Information Center Nepal

    हाम्रा सामाजिक सञ्जाल

    Follow Us on Social Media
    Facebook YouTube TikTok Instagram

    हाम्रो टिम

    संवाददाता : माधव  प्रसाद भट्टराई
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.