• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • ६ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • ८ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • ८ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १० घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

होली नखेले बिहे रोकिन्छ र ?

admin २०७५, चैत्र, ६

मनोज पराजुली। चैत्र ६, काठमाडौं । रङ्गहरूको पर्व होली। होलीको दिन मानिसहरूले विभिन्न प्रकारका रङ्गहरूले रंगाएर एक अर्कालाई रङ्गिन बनाउने दिन। होली हिन्दूहरूको एउटा महत्वपूर्ण पर्व पनि।

यस वर्ष पनि होलीको अघिल्लो दिन नै सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रममा निमन्त्रणा आइसकेको थियो। नआओस पनि कसरी, पेशागत होस् या अन्य रुपमा विभिन्न संस्थामा आवद्ध भएपछि। 

त्यति मात्र कहाँ हो र, साथीभाई अनि अग्रजका शुभकामना संदेश सहितका होली खेल्न अनिवार्य आउनुपर्ने निमन्त्रणाले होली खेल्ने पर्ने दबाव आइसकेको थियो। तर यो वर्ष होलीको दिन, होली खेल्ने अवस्था रहेन र इच्छा भएर पनि पुरा गरिएन। सायद मौसम परिवर्तनको असर स्वास्थ्यमा नदेखिएको भए म पनि होली खेल्नमा नै व्यस्त हुन्थ्यें होला तर त्यसो भएन। 

मैले होली नखेलेपनि अरुले होली खेलेको छरछिमेकमा होस् या सामाजिक संजालमा प्रष्टै देखेको छु। विहान नै घरको छतमा बसेर छिमेकमा होली खेल्न तयार भएका स-साना भाई बहिनीहरुको होलीको रौनकलाई नजिकबाट नियाली रहंदा पल्लो घरका छिमेको ५ वर्षका भाइले प्लास्टिकको लोलाले हान्न भ्याईहाले तर मलाइ लोलाले लाग्न सकेन।

स-साना केटाकेटीको ग्रुपमा सहभागी नभएर एक्लै ४ तले घरको छतमा बसेका भाइले मलाइ नै लोला हान्नुको कारण पनि उसले मन मिल्ने साथी नपाएर रहेछ। लोला हानेपछि भन्दै थिए अहिले स्कुलका साथीहरु आउंदै छन् अनि होली खेल्ने हो, अहिले तपाइलाई लोला हानेर तयारी गरेको।  

चैत्रको महिना, गर्मी लागिसक्नु पर्ने भएपनि यो वर्ष चिसो नै छ, चिसोमा मौसममा पारिलो घाम। होली नखेलेपनि होलीको रौनक त घरबाट भए पनि त नियाल्ने पर्यो ..

छिमेकी होली खेलेका हेर्दै सामाजिक संजालमा उपस्थिति ..सबैका आ-आफ्नै तरिका, मन मिल्ने साथीहरुको जनघट, अफिसियल समुह होस् या स्व स्फुर्त भेला …स-साना केटाकेटीदेखि वृद्ध वृद्धा सम्म सबै होलीको रौनकतामा आनन्द लिईरहेका। त्यसमा पनि युवा-युवतीहरू त गीत गाउँदै-नाच्दै होलीलाई मनाइरहेका। भनिन्छ, होलीको दिन मानिसहरु एक आपसमा रहेका कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक-अर्कासित मिल्ने गर्दछन्। 

छिमेकमा होस् या सामाजिक संजालमा सबैले होली खेलेको प्रस्टै देखेको छु। आखिर होलीको माहोल सामाजिक संजालमा कस्तो छ त ? अनि होली खेल्न नपाएका होस् या चाहना नभएकाहरुको मनस्थिति के छ त ? 

मलाइ बुझ्न मन लाग्यो र लेखिदिए, आज होली नखेले के हुन्छ ? सामाजिक संजाल नै त हो, आफुंलाई लागेका कुरा कमेन्ट गरिहाल्ने।

पछिलो समय सामाजिक संजालमा परिस्थिति अनुरुप आँफुलाई उभ्याउन नसके त्यो समाजबाट पछाडी परेको त होइन भन्ने महसुस हुन्छनै जो सुकैलाई पनि। त्यस्तैमा एक मित्रले लेखिदिए, होली नखेले समाजले स्वीकार्दैन रे ..

यत्तिकैमा अर्का मित्रले लेखिदिए, कारवाही हुन्छ । नहोस नि किन ? संस्थागत रुपमा सबै जना होली खेल्नको लागि बोलाइएकोमा उपस्थिति नभएपछी ..

होली नखेल्ने साथीहरु पनि भेटिए जसले आँफुलाई केहि नभएको बताउंदै गर्दा अर्का एक मित्र होली नखेल्नेको एउटा छुट्टै नयाँ पार्टी गठन गरूँ भन्दै उक्साउँदै पो थिए …के थाहा, पार्टी गठन गर्न कति सहज छ भनेर ….. 

आधा जिन्दगी खेर गए जस्तो हुन्छ साथी भन्दै थिए, सायद अनुभव पो थियो कि ? सोध्न मन लाग्यो, भोलि भेट भएमा पक्कै सोध्नेछु ..

रङहरुको पर्व भएपछि अवश्य रङ त किन्नु नै पर्ने थियो। अनि त्यो रङलाई सफा गर्न पानी त चाहियो नै, राजधानीमा पानीको समस्या जो कोहीलाई थाहै छ त्यसैले त होला साथीहरुले रङ्ग किन्ने पैसा, नुहाउने पानीको वचत हुन्छ भनेका …

त्यति मात्र कहाँ हो र, समयको बचतका साथै रङ्गहरूमा प्रयोग भएका केमिकलको असरबाट पनि जोगिन्छ नि साथीहरु सुझाव पो दिंदै थिए ..

यत्तिकैमा एक मित्रले भनिदिए, बिहे रोकिन्छ, सायद बिहे नगरेको केटो थाहा पाएर होला यसो भनेका, तर के थाहा बिहे गर्नलाई पनि त तयार हुनुपर्छ भनेर … अनि बाँकि कुरा पनि ..

यी र यस्तै प्रसंगहरुका विच यस वर्षको होलीलाई राजधानी शहरले बिदाइ गरेको छ। बाँकि नै छ, तराइका जिल्लाहरुमा भोलिको होली, राम्रोसंग मनाउनुहोस्।

अवश्य अर्को वर्ष होलीमा म पनि रमाइलो गरूँला।  

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..
ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.