• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • १० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ११ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १४ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १५ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १७ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १७ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

घाँस उत्पादन सम्बन्धी प्रविधि

admin २०७६, कार्तिक, २२

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ ।

बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर
बीउ उपचार
· शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने ।
· पिँधमा रहेका बीउलाई छहारीमा सुकाउने ।
· १० प्रतिशतको चिनी वा सख्खरको झोलमा १ केजी बीउ बराबर ५० ग्राम राइजोवियम राम्ररी मिसाई २४ घण्टाभित्र छर्ने ।

लगाउने समय : बैशाखदेखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : प्रति हेक्टर १० देखि १५ केजी नाइट्रोजन, ५० देखि ६० केजी फोस्फोरस तथा २० देखि ३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको १ देखि १।५ महिनाको अन्तरालमा थप दुई पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन २५ देखि ३० टनसम्म हुन्छ ।

२. मोलासेस
मोलासेस बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ५ देखि ६ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि जेठ पहिलो साताभित्र । असारसम्म पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : बीउ हल्का हुने भएकोले माटो वा खरानीसँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने ।

कटाई तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ३५ टन सम्म हुन्छ ।

३. ज्वाइन्ट भेच
ज्वाइन्ट भेच कोशे घाँस हो । यो एकवर्षिय र बहुवर्षिय दुवै खाले पाइन्छ । समुन्द्री सतहदेखि १२०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४ देखि ५ के.जी. प्रति हेक्टर
लगाउने समय : बैशाख देखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ३० देखि ४० केजी नाइट्रोजन, ५० देखि ६० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ ।

कटाइ तथा उत्पादन :
· लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३५ देखि ४० टन सम्म हुन्छ ।
४. नेपियर
नेपियर बहुवर्षिय अकोशे घाँस हो । झट्ट हेर्दा यो घाँस उखु जस्तै देखिन्छ । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको अलावा भुक्षय समेत रोक्न सकिन्छ ।
माटो : चिम्टे र सिम जग्गा बाहेक सबै खालको माटोमा लगाउन सकिन्छ । पानी नजम्ने पांगो माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
कटिङ्ग वा सेट्सको सङ्ख्या : बीउको सट्टा नेपियर कटिङ्ग वा सेट्बाट लगाउने चलन हुन्छ । ३ वटा आख्ला भएको सेट छान्नुपर्दछ । एक हेक्टरको लागि १०,००० देखि १२,५०० जति सेट्स चाहिन्छ ।
लगाउने समय : जेठ, असार लगाइन्छ तर सिँचाईको सुविधा भएको ठाउँमा कात्र्तिक र फागुन महिनामा पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : राम्रोसँग खनेर तयार गरेको जग्गामा लगाउनु पर्दछ ।
मलखाद : प्रति हेक्टर ५० देखि ८० केजी नाइट्रोजन, ५० के.जी. फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ । यदि कम्पोष्ट मल राख्ने हो भने प्रति हेक्टर २ सय ५० क्विन्टल राख्नु पर्दछ ।

कटाई तथा उत्पादन :
· लगाएको ७५ देखि ९० दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६/८ कटिङ्ग लिन सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन १५०० देखि २५०० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ५/६ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।

५. अमृसो
अमृसो बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि २५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको हलावा भुक्षयसमेत रोक्न सकिन्छ । यसबाट कुचो उत्पादन हुने भएकाले नगदे बालीको रुपमा समेत प्रख्यात छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर बलौटे दोमट माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
बेर्नाको तयारी : प्राय अमृसो गानोबाट सार्ने चलन छ । गानो सहितको बेर्नालाई पोलिथिन ब्यागमा माटो, बालुवा र मल १.२.१ का दरले राखी रोप्नुपर्दछ । यसरी रोपेको ३ महिनामा नयाँ पालुवा पलाई अर्को बारीमा सार्ने समय हुन्छ ।
लगाउने समय : जेठ देखि साउन सम्ममा लगाइन्छ ।
लगाउने तरिका : ३० घन सेमीको खाडल खन्ने र समतल भूभागमा १६०० बिरुवा प्रति हेक्टरका दरले र भिरालो क्षेत्रमा २५०० देखि ४००० बिरुवा प्रति हेक्टरका दरले लगाउन सकिन्छ ।
कटाई तथा उत्पादन :
· अम्रिसो घाँसको झुप्पामा फूलेको फूल छिप्पिएपछि काट्न सकिन्छ । प्राय पुसपछि काटिन्छ ।
· त्यसपछि वर्षामा प्रत्येक ५/६ हप्तामा र हिउँदमा ८/१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६ देखि ८ काट्न सकिन्छ ।
· प्रति वर्ष प्रति हेक्टर हरियो घाँस उत्पादन ४० देखि ६० टनसम्म हुन्छ ।
· एकपटक लगाएपछि ४ देखि ५ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।

६. जै
जै एक महत्वपूर्ण हिउँदे अकोशे घाँस हो । यो घाँस नेपालको तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पाँगो माटो सबैभन्दा उपयुक्त हुन्छ ।
बीउको मात्रा : १०० देखि १२० के.जी. प्रति हेक्टर ।
लगाउने समय : तराई र मध्य पहाडमा असोज, कात्तिक महिना र उच्च पहाडी क्षेत्रमा चैत, बैशाखमा लगाउन सकिन्छ ।
लगाउने तरिका : जमीनलाई खनजोत गरी माटो बुर्बुराउँदो हुने गरी तयार गर्ने र बीउ छर्दा ५/६ सेमी भन्दा गहिरो नहुने गरी एक लाइनदेखि अर्को लाइनको फरक २० देखि २५ सेमी राखी छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको ६० दिनपछि पहिलो पटक काट्न सकिन्छ । ३ पटकसम्म काटी पुसदेखि चैत महिनासम्म उत्पादन लिन सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ५० टनसम्म हुन्छ ।

७. वर्षिम
वर्षिम एकवर्षिय हिउँदे कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : चिम्टे पाँगो माटो उपयुक्त हुन्छ । पानी जम्ने र अम्लिय माटो राम्रो हुंदैन ।
बीउको मात्रा : २० देखि २५ के.जी. प्रति हेक्टर
बीउ उपचार
· १ लिटर पानीमा १०० ग्राम सखर वा चिनी पानी मिसाई तयार गरेको घोललाई चिपचिपाहट आउँदासम्म उमाल्ने ।
· उक्त घोललाई सेलाउन दिने ।
· बीउ र इनाकुलम राम्रोसँग मिसाई छहारीमा २९३ घण्टासम्म सुकाउने ।
· बीउमा इनाकुलम लगाएको २४ घण्टाभित्र बीउ छरिसक्नुपर्दछ ।
लगाउने समय : असोज देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।
मलखाद : जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी नाइट्रोजन, ५०–६० केजी फोस्फोरस तथा २०–३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको ५० देखि ६० दिनमा पहिलो पटक काट्न सकिन्छ ।
· त्यसको ३ देखि ४ हप्ताको अन्तरालमा ७ देखि ८ पटकसम्म काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ७० देखि ८० टनसम्म हुन्छ ।
· प्रति हेक्टर ५०० देखि ७०० केजीसम्म बीउ उत्पादन हुन्छ ।

८. टियोसेन्टी
टियोसेन्टी एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा उपयुक्त हुन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा हुंदैन ।
बीउको मात्रा : ३५ देखि ४० केजी प्रति हेक्टर
लगाउने समय : सिँचाई सुविधा भएका ठाउँमा चैत्र बैशाखमा र सिँचाई नभएका ठाउँमा जेठ असारतिर लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन
· लगाएको ६ देखि ८ हप्तामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टन सम्म हुन्छ ।

९. भटमासे
भटमासे बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि २००० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४० देखि ५० केजी प्रति हेक्टर ।
लगाउने समय : जेठदेखि असारसम्म लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ ।
मलखाद स् खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको लागि प्रति हेक्टर ५० केजी फोस्फोरस र ५० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाइ तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ३० देखि ४० टनसम्म हुन्छ ।
· प्रति हेक्टर १ सय २५ देखि २०० केजी बीउ उत्पादन हुन्छ ।

१०. बोडी (काउपी)
काउपी एकवर्षीय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट माटो राम्रो हुने भएता पनि धेरै खालकोे माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा त्यति हुनसक्दैन ।
बीउको मात्रा : २० देखि २५ केजी प्रति हेक्टर
लगाउने समय : भदौ देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने ।
कटाई तथा उत्पादन :
· लगाएको २ महिनापछि पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर हरियो घाँस उत्पादन ८ देखि १० टनसम्म हुन्छ ।
· प्रति हेक्टर बीउ उत्पादन २५० देखि ४०० टनसम्म हुन्छ ।

११. बदामे घाँस
बदामे घाँस बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १४०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट र चिम्टाइलो माटोमा राम्रो हुने भएता पनि सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : १० देखि ३० केजी प्रति हेक्टर । यसलाई कटिङ्गबाट पनि लगाउन सकिन्छ । कटिङ्गबाट लगाउँदा प्रति हेक्टर १०,००० कटिङ्ग चाहिन्छ । कटिङ्ग छान्दा तीनवटा आँख्ला भएको छान्नुपर्दछ ।
लगाउने समय: असार साउनसम्म लगाउन उपयुक्त हुन्छ । तर चिस्यान भएको जग्गामा जुनसुकै समयमा लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन सकिन्छ । कटिङ्गबाट लगाउने हो भने १र१ मिटरको फरकमा लाइन राखी ६० सेन्टिमिटरको फरकमा ५ देखि ७ सेमी गहिरो गरी कटिङ्ग रोप्नुपर्दछ ।
मलखाद : प्रति हेक्टर १ देखि २ टन गोबर वा कम्पोष्ट मल प्रयोग गर्न राम्रो हुन्छ ।
कटाई तथा उत्पादन :
· लगाएको २ देखि ३ महिनामा पहिलो पटक काट्न सकिन्छ ।
· प्रति हेक्टर सुख्खा पदार्थको उत्पादन ५ देखि ६ टनसम्म हुन्छ ।

· प्रति हेक्टर १००० केजीसम्म बीउ उत्पादन हुन्छ ।

 

मुख्य मुख्य घाँसको उत्पादन सम्बन्धी विवरण :

क्र.सं. घाँसको नाम लगाउने महिना आवश्यक बीउ प्रति हेक्टर (के.जी) बीउ सङ्कलन गरिने महिना
(क) उच्च पहाड
१. राई घाँस असोज १५–२० चैत्र–बैशाख
२. रातो क्लोभर असोज–बैशाख ४–८ चैत्र–असोज
३. सेतो क्लोभर असोज–बैशाख २–४ चैत्र–असोज
५. कोते बैशाख–जेठ १५ –२० मंसीर
६. टिमोथी असोज १० असोज–कात्तिक
(ख) मध्य पहाड
१. मकै फागुन–चैत्र ४०–५० साउन–भदौ
२. टियोसेन्टी फागुन–चैत्र ३०–४० साउन–भदौ
३. जै असोज ८०–१०० बैशाख–जेठ
४. नेपियर (सेट) जेठ–असार १० हजार सेट जेठ–असार
५. सेटेरिया असार २० मंसीर
६. पेरेनियल राई घाँस असोज १५ –२० चैत्र–बैशाख
७. ज्वाईन्ट भेच फागुन १ –३ जेठ–असार
८. भेच असोज–कात्तिक ३०–३५ चैत्र–बैशाख
९. डेस्मोडियम फागुन–चैत्र १ –३ असोज–कार्तिक
(ग) तराई
१. ज्वार फागुन–असार ४०–५० भाद्र–असोज
२. बाजरा फागुन–असोज १० –१२ भाद्र–असोज
३. मकै फागुन ४०–५० साउन–भदौ
४. जै आश्विन ८०–१०० बैशाख–जेठ
५. नेपियर (सेट) असार १० हजार बैशाख–जेठ
६. वर्सिम असोज २५ चैत्र–बैशाख
७. लुसर्न असोज १५ –२० फागुन–जेठ
८. पास्पालम जेठ–असार ४–६ असोज–कात्तिक
९. ज्वाईन्ट भेच फागुन १ –३ जेठ–असार
१०. सिराट्रो असार ३–४ मंसीर
११. स्टाइलो असार २–५ मंसीर
१२. मोलासेस असार ५ मंसीर
१३. टियोसेन्टी फागुन २०–४० भदौ
१४. सेटारिया असार २० मंसीर
१५. डेस्मोडियम फागुन २–३ असोज–कार्तिक

सोत्र : पशुपालनका लागि घाँस खेतीबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.