ब्राजिलमा एकै दिनमा ७६ हजार नयाँ सङ्क्रमित, पूर्व राष्ट्रपतिलाई खोप
१ चैत : ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् ।त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।कोरोनाभाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ ।सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । उहाँले शनिबार पहिलो खोप लगाउनु भएको हो ।“कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,” खोप लगाएपछि पत्रकारहरुसँग उहाँले भन्नुभयो ।उहाँले सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो । पूर्व राष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिनुभयो ।-सिन्ह्वा/Photo: Agency
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

