Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

नेपालञ्जमा भारतबाट आएका तीनसहित २४ जनामा कोरोना संक्रमण

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, २८
नेपालञ्जमा भारतबाट आएका तीनसहित २४ जनामा कोरोना संक्रमण

भारतबाट आएका तीनसहित २४ जनामा कोरोना देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा भारतबाट आएका तीनजनामा कोरोना पुष्टि हुँदा भेरी अस्पताल, नेपालगञ्जमा २१ जना संक्रमित देखिएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भारतबाट आएका बर्दियाको बारबर्दिया–७ का २५ वर्षीय पुरुष, बाँके बैजनाथ–३ का २७ वर्षीय पुरुष र दैलेख नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।

कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ । योसँगै भारतबाट आएका नौ जनामा कोरोना पुष्टि भइसकेको छ । शनिबार बिहान भेरी अस्पताल, नेपालगञ्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।

भारतबाट आएका व्यक्तिमा दैनिकजसो नै कोरोना देखिन थालेको छ । त्योसँगै लक्षण चिन्ह देखिएर अस्पताल पुगेका व्यक्तिमा कोरोना पुष्टि भइरहेको छ । कोरोना संक्रमित बढ्दै गएपछि कहाँ राख्ने चिन्ता हुन थालेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले सबै पालिकालाई क्वारेन्टाइन र आइसोलेशन केन्द्र बनाउन भनेपनि अहिलेसम्म कुनै पालिकाले बनाएका छैनन् ।

Top Changing Nepal

युट्युब सट्स