सोमबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । गत २४ घण्टामा मात्र ७ हजार ४ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ९ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

