Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

देशभर आज ८ हजार ९६० संक्रमित थप, २१४ जनाको मुत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, ३०
देशभर आज ८ हजार ९६० संक्रमित थप, २१४ जनाको मुत्यु

काठमाडौं, ३० बैशाख । आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार  १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ ।

आज ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएको  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Top Changing Nepal

युट्युब सट्स