Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, असार, २९
थप २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अुनसार ७ हजार ५८ पीसीआर परीक्षणबाट १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टिजेन परीक्षणबाट ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ।

गत २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स