• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

जोन्सन एन्ड जोन्सन खोपमा दुर्लभ समस्या : के भन्छन् नेपाली विज्ञ ?

काठमाडौं । कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोपको लेबलमा यसले नसासम्बन्धी दुर्लभ समस्या ‘गिलान बारे सिन्ड्रोम’ निम्त्याउन सक्ने सम्भावना रहेको अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले उल्लेख गरेपछि यो खोपका विषयमा धेरै चर्चा–परिचर्चा भइरहेका छन् ।

तर एफडीएका अनुसार जोन्सन खोपको यो रोगसँग सम्बन्ध भएको देखाए पनि खोपकै कारणले गर्दा यो समस्या देखिन्छ भनेर किटान गर्न सक्ने अवस्था भने छैन । ओम अस्पतालका कन्सलटेन्ट पिडियाट्रिक इम्युनोलोजिस्ट तथा रिम्याटोलोजिस्ट डा. धर्मगत भट्टराईका अनुसार कुनै पनि खोप साइड इफेक्टरहित हुन्छ भनेर कसैले भन्न सक्दैन ।

एकदमै गम्भीर तथा मृत्यु दर बढाउने खालको असर छ भने यो चिन्ताजनक हुन सक्छ । डा‍‍. भट्टराई भन्छन्, ‘यो सिन्ड्रोम हुने देखियो तर यसले गर्ने हानीहरु भन्दा बढी फाइदा छन् । महामारीले ज्यान जाने जोखिम र खोपको जोखिम कतिको छ हेर्नुपऱ्यो । खोपको जोखिम भन्दा फाइदा धेरै छ । खोप लगाएपछि कुनै लक्षण आए तुरुन्त चिकित्सकको सम्पर्कमा आउनुपर्छ । यो समस्या सञ्चो हुन्छ । उपचार सम्भव छ ।’

खोप सुुरक्षा व्यवस्था हेर्दै आएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले अमेरिकामा यो खोप पाएका १ करोड २७ लाख नागरिकमध्ये १०० जनामा यो रोगका समस्या देखिएको बताएको छ । सीडीसीका अनुसार समस्या देखिएकामध्ये १०० जनामा ९५ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो र एकजनाको मृत्यु भएको थियो । यो समस्या हरेक वर्ष अमेरिकामा ३ हजार देखि ६ हजार व्यक्तिमा देखिने गरेको छ । समस्या देखिएका धेरै जना पूर्णरुपले ठीक पनि भएका छन् ।

‘गिलान बारे सिन्ड्रोम’ के हो ?
गिलान बारे सिन्ड्रोम नसासम्बन्धी समस्या हो, जसमा शरीरको रोग प्रतिरोधी क्षमताले नसाका कोषहरुलाई आक्रमण गर्दछ । यसले मासंपेशी कमजोर बनाउनुका साथै कहिलेकाहीँ पक्षघातसमेत गराउन सक्छ । धेरैजसो मानिसमा यो लक्षण खोप लगाएको ४२ दिनमा देखिएको छ । तर यो समस्या देखिने सम्भावना एकदम कम रहन्छ ।

हात र खुट्टामा कमजोरी तथा झमझम महसुस हुने, त्यो बढेर शरीरका अरु अंगमा पनि फैलिन सक्ने, हिडाइँमा कमजोरी, बोल्दा तथा चपाउँदा वा निल्दा गाह्रो हुने, एउटा चिजलाई दुईवटा देख्ने, आँखा चलाउन गाह्रो हुने लगायतका लक्षण देखिन सक्छन् । लक्षण देखिएमा तुरुन्त चिकित्सको सम्पर्कमा रहनुपर्छ ।

खोपको असर बारे अध्ययन गरिरहेका छौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले विश्व स्वास्थ्य संगठनबाट प्राप्त खोप भएको र औषधि व्यवस्थाले पनि मान्यता दिएकाले यसको साइड इफेक्टको बारेमा धेरै सशंकित हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘सबैले ढुक्क भएर लाउनुपर्ने हुन्छ । एफडिएले भने पनि विश्व स्वास्थ्य संगठनले यसबारेमा भनेको छैन । हामीले संगठनको कुरा मान्छौं ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार परिषद्ले खोपको असरहरु तथा एन्टिबडी निर्माणबारे अध्ययन गरिराखेको जानकारी गराए । ज्ञवाली भन्छन्, ‘खोपको कुनै समान्य तथा गम्भीर लक्षण आएपनि त्यसको रेकर्ड हामीसँग आउँछ । हामीले हेर्ने गरिराखको छौं ।कोभिसिल्ड, भेरोसेल तथा जोन्सन एन्ड जोन्सनको खोपका बारेमा पनि हामी अध्ययन गरिराखेका छौं ।’

उनले अहिलेसम्म नेपालमा लगाएका खोपका गम्भीर असरहरु नदेखिएको बताउँदै खोपको असरका बारेमा तयार पारिएको अध्ययन एक हप्ताभित्र प्रकाशित गर्ने बताए । सोमबार जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत् १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप सहयोग गरेको छ । काठमाडौं उपत्यकाभित्र खोप अभियान पनि सञ्चालन भइरहेको छ । कान्तिपुर दैनिकमा बुनु थारुले यो खबर लेखेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत
    तरबुजा भन्दा तरबुजाकाे दानामा बढी हुन्छ भिटामिन
    वीरगञ्जमा हैजा संक्रमितको सख्या ९३ पुग्यो

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.