शरीरमा किन आउँछ मुसा, कसरी हटाउने ?
काठमाडौं । शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिले काहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ । जसलाई अंग्रेजीमा वार्टस भनिन्छ ।
कारण
शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।
लक्षण
मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ । कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ । यस्ता मुसा पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुल्न थाल्छ । यस्ता प्रकृतिका मुसा विशेष गरी हात र खुट्टामा देखिन्छन् ।
अनि खतरा
शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।
सल्लाह
केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।
उपचार
कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

