• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • १० घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • १० घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ११ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १२ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १३ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १४ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

१० आनिबानी जसले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ..

admin २०७९, असार, २४

एक व्यक्तिलाई जीवनमा सफल हुन आत्म अनुशासन र अकाग्र ध्यान धेरै महत्वपूर्ण हुन्छ । त्यस्तै, सबै सफल व्यक्तीहरुमा एउटा कुरा समान हुन्छ । जुन राम्रो बानी र दैनिक अनुष्ठान हो । यसले हाम्रो जीवनलाई सकारात्म परिवर्तन दिन्छ । यस्ता बानीको विकासले हाम्रो मानसिक मात्र नभई शारिरिक स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पर्छ । जसकारण, हाम्रो जीवनको गुणस्तर पनि उत्कृष्ट प्रभाव पर्छ । यती मात्र नभएर, हाम्रो जीवनमा तनाव कम हुन्छ र मनको शान्ती स्थायी रुपमा बस्छ ।

जीवनमा सकारात्मक परिवर्तन ल्याउने १० आनिबानीः

१. विहानको रुटिन बनाउनेः

विहान सधैँ उठेर या त व्यायाम गर्ने, या नाच्ने, या कफि पिउँदै पढ्ने या स्नान गर्ने । यसरी आफूलाई रुची भएको कार्य विहानविहान सधैँ नियमित रुपमा गर्दा आफ्नो बाँकी दिन सधैँ स्फूर्तीका साथ बित्ने गर्छ । यसले तन र मनलाई उर्जा प्रदान गर्दै दिनको सकारात्मक ढंगबाट सुरुवात हुन्छ ।

२. ८०२० रुल फलो गर्ने

यस रुलले बिश प्रतिशत काम गरेर ८० प्रतिशत फल प्राप्त गर्ने कार्य गर्न जोड दिन्छ । यस्ता फलदायक ढंगमा काम गर्दा तनाव पनि कम हुन्छ । साथै, थोरै कामले धेरै फल प्रदान गर्छ । जसकारण, शरिर र मस्तिस्कलाई धेरै नै राहत पनि मिल्छ ।

३. एक पटकमा एउटा कार्य मात्र गर्ने

एकै पटकमा धेरै काम आँटियो वा गरियो भने दिमागलाई अनावश्यक तनाव मात्र हुन्छ । त्यसैले, एकपटकमा एउटा काममा मात्र ध्यान दिने र त्यो काम पूरा भएपछि मात्र अर्को काम थाल्नुपर्छ । यस्तो नगरेमा कार्य पनि राम्ररी सम्पन्न हुँदैन र आफूलाई पनि धेरै तनाव सिर्जना हुन्छ ।

४. ध्न्य हुने बानी विकास गर्ने

जीवनमा धेरै नराम्रा घटना घट्न सक्छ । तर, हामीले हाम्रो जीवनमा भइरहेको राम्रो पक्षलाई नियाल्न र त्यसबारे धन्य हुन अति आवश्यक हुन्छ । यसले हामीलाई सकारात्मक उर्जाका साथै जीवनतर्फ आशावादी पनि बनाउँछ ।

५. सामाजिक सञ्जालबाट टाँढा रहने

सामाजिक सञ्जालमा धेरै मानिसले विभिन्न विचार र घटनाहरु सेयर गरेका हुन्छन् । जसको धेरै सकारात्मक तथा नकारात्मक पक्ष तथा प्रभावहरु हुन्छन् । त्यसैले, हामीले सामाजिक सञ्जालमा जति कम समय दिए उति राम्रो हुन्छ ।

६. शारिरिक व्यायाम

सामाजिक व्यायामको लागि हामीले दैनिक केही समय छुट्याउनु पर्छ । जीम जानु, योगा गर्नु, वाकमा जानु, कसरत गनुै शरिर र मन दुवैको लागि फलदायी हुन्छ ।

७. इन्भेस्ट इन सेल्फ केयर

हामीले आफ्नो मानसिक र शारिरिक स्वास्थ्यको ध्यान दिनुपर्छ । घुमघाम गर्ने, साथीहरुसँग भेट्ने, खान तथा रमाइलो गर्न जाने राम्रो उदाहरण हो । यसले हाम्रो दैनिक रुटिनबाट हामीलाई रिफ्रेस गरी तनावमुक्त गर्छ ।

८. पुस्तक पढ्ने

पुस्तकहरु ज्ञानका भन्डार हुन् । काल्पनीक जन्र पढ्दा दिमागलाई फ्रेस गराउनका साथै हामीलाई कलात्मक र रचानात्मक बनाउँछ । त्यस्तै, नन फिक्सन किताबहरुले हामीलाई विभिन्न दैनिक कामकुराको ज्ञान मिल्छ । जसले हामीलाई जीवनमा धेरै कुराहरुमा मद्दत गर्छ । सेल्फ हेल्पका किताबहरु, पर्सनल फाइनान्सका किताब, रोचक उपन्यासहरु सबै खाले किताब पढ्नबाट हामीले धेरै आनन्द र मनोरञ्ज अनि ज्ञान आर्जन गर्न सक्छौँ ।

९. सकारात्मक सोच भएकाहरुसँग संगत गर्ने

संगतले पनि हाम्रो जीवनशैली र बानीबेहोरामा प्रभाव पर्ने हुँदा सकारात्मक सोच भएकाहरुसँग संगत गर्ने बानी फलदायी हुन्छ । उनीहरुसँग हामीले धेरै कुरामा मद्दत पाउन सक्छौँ ।

१०.मिनिमालिस्टिक लाइफ जिउने

जीवनमा साधारण तरिकाले जिउनुले पनि सकारात्मक प्रभाव पर्न सक्छ । यसले हाम्रो विचार र दृष्टिकोणमा प्रभाव पर्ने हुँदा ऐश्वर्यभन्दा सन्तुष्टिमा हामीलाई एकाग्र गर्छ । जसले हाम्रो जीवन सरल, सहज र सम्पन्न हुन्छ ।

यी सबै बानीले हामीलाई एउटा सकरात्मक र सफल व्यक्ति बन्नमा मद्दत पुर्याउँछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
सर्पदंशबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह, राति हिँड्दा टर्च प्रयोग गर्न सुझाव

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.