एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दिएका छन् ।
पाण्डे जर्मन नागरिक हुन् । उनीहरुले एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको आरोप लाएका छन् । निवेदनमा लेखिएको छ, ‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक) पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय त्रुटिपूर्ण र विधान विपरीत छ ।’
एन्फाको विधानको धारा २४ को ३ (क) मा नेपाली नागरिक भएमा एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन नसक्ने उल्लेख भएको पत्रमा जानकारी गराइएको छ । तसर्थ एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यहरूलाई झुक्याई बैठकमा पाण्डेको नाम पेश गरी पास गराइएकाले सो निर्णयलाई सच्याई पाउँ । साथै निज पाण्डेलाई एन्फाको सम्पूर्ण कागजात हेर्न, पत्राचार गर्न इमेल पासवर्ड प्रदान गरिएको छ । सो कुराले एन्फाको गोपनीयता राष्ट्रिय अस्तित्व र सार्वभौमिकता माथि समेत आँच आउने देखिएकोले त्यस्ता विषयहरूमा गम्भीर हुन आग्रह गर्दै उक्त विदेशी नागरिक नविन पाण्डेलाई विधानको धारा ३८(६) बमोजिम वर्खास्तीको माग गर्दछौ, पत्रमा उल्लेख छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

