नवौं राष्ट्रिय खेलकुद स् पुरूष क्रिकेट आजबाट
काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू हुँदैछ। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट भने अगाडि नै सुरू हुन लागेको हो।
प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेलहरू हुनेछन्। दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा र दुई खेल मुलपानी मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एनआरएनए नेपाल टिमले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। खेल बिहान ९स्१५ बजे सुरू हुनेछ।
यस्तै टियुमै हुने दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ को सामना गर्नेछ। यस्तै मुलपानी मैदानमा आजै हुने पहिलो खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ। मुलपानी मैदानमै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको सामना गर्नेछ। प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएन नेपालको टोली गरी ११ टिमको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी, लुम्बिनी, मधेश प्रदेश र कर्णाली प्रदेश छन्। समूह बी मा एनआरएन नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र एपिएफ छन्। हरेक समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
