Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

नेइमारको गोलमा पिएसजीको कठिन जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २६
नेइमारको गोलमा पिएसजीको कठिन जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० गोल अन्तरमा हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो। पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा लियोनल मेसीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा केही राम्रा अवसर खेर फाल्दा अग्रता बढाउने मौका गुमायो । देलको ७० औं मिनेटमा ब्रेस्टले पेनाल्टी पाएको थियो। तर जियानलुइगी डोनारूम्माले इस्लाम स्लिमानीले प्रहार गरेको पेनाल्टी बचाउँदै अग्रता कायम राखे ।

त्यसपछि थप गोल नहुँदा पिएसजीले १-० को कठिन जित निकाल्यो । यो जितसँगै पीएसजी ७ खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स