श्रीलंकालाई एसिया कपको उपाधि
एजेन्सी । श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको खेलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभर सम्पूर्ण विकेट गुमाउँदै मात्र १४७ रन बनायो ।
पाकिस्तानका लागि मोहम्द रिजवानले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिकर अहमदले ३२ रन बनाउँदा त्यस बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंकाका लागि बलिङतर्फ प्रमोद मदुसनले सर्वाधिक चार किवेट लिए । त्यस्तै वानिन्दु हर्शरंगाले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजापाछ्यले ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै वानिन्दु हर्शरंगाले ३६ रन बनाउँदा धनन्जय डी शिल्भाले २८ रनको योगदान गरे । पाकिस्तानका लागि हरिष राउफले तीन विकेट लिए ।
योसँगै श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि अन्तिम पटक सन् २००८ मा उपाधि जितेको थियो । यता पाकिस्तान भने तेस्रोपटक उपाधि जित्ने मौकाबाट चुकेको छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

