मेसी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको उत्कृष्ट जित
एजेन्सी । लियोनल मेसी, नेयमार र केलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले म्याकाबी हाइफामाथि ३(१ को उत्कृष्ट पुनरागमन जित निकालेको छ। च्याप्पियन लिग अन्तर्गत गए राति भएको खेलको २४ औं मिनेटमा चेरीले गोल गर्दै इजलायली टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
तर मेसीले हाफ टाइमअघि नै एम्बाप्पेको क्रस पासमा आठ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। यो गोल सँगै मेसीले कीर्तिमानसमेत बनाएका छन्। उनले च्याम्पियन लिगमा ३९ विभिन्न टोलीहरू विरूद्ध गोल गर्न सफल भएका छन्। च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले ३८ टोलीविरूद्ध गरेको गोललाई उनले उछिनेका हुन्।
मेसीले १८ विभिन्न सिजनमा च्याम्पियन्स लिगमा हालसम्म १२६ गोल गरेका छन्। बार्सिलोनाबाट १२० गोल गरेका उनले फ्रेन्च क्लब पिएसजीबाट ६ गोल गरिसकेका छन्। सर्वाधिक गोलको मामलामा रोनाल्डो मेसीभन्दा १४ गोल अघि छन्। एम्बाप्पेले खेलको ६९ औं मिनेटमा मेसीको पासमा उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाए। यस्तै खेल सकिन २ मिनेट बाँकी हुँदा नेयमारले गोल गर्दै ३(१ को स्पष्ट जित दिलाए।
यो जितसँगै पिएसजी च्याम्पियन्स लिगमा समूह एचमा लगातार दोस्रो जितसहित शीर्ष स्थानमा कायमै छ। समान खेलबाट समान अंक जोडेको बेन्फिका दोस्रो स्थानमा छ। यही समूह अन्तर्गत ट्युरिनमा भएको खेलमा पोर्चुगलको बेन्फिकाले युभेन्टसलाई २–१ ले हराएको थियो।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला

