Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

आज सेयर बजार बढ्यो, ५६.११ अंकले बढेर १९३०. ९९ विन्दुमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १५
आज सेयर बजार बढ्यो, ५६.११ अंकले बढेर १९३०. ९९ विन्दुमा

काठमाडौं । आज (मंगलबार) सेयर बजारमा रौनकता छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको छ । नेप्से २.९९ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको छ ।

कूल २३१ वटा कम्पनीको ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये सबै उपसमूह उकालो लागेका छन् ।

आज पनि एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ६५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, मंगलबार न्यादी हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ८८ रूपैयाँ २० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन एनसीसी डिबेञ्चरको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३।९१ प्रतिशतले घटेको छ ।

Top Changing Nepal

युट्युब सट्स