काठमाडौंका ३५ सय सुकुमबासी इंचगुनारायण सारिने
काठमाडौं । काठमाडौं उपत्यकामा सुकुमबासीको परिवार संख्या ३ हजार ४ सय ९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि उपत्यकामा ३ हजार ४ सय ९६ परिवार सुकुमबासी रहेको रिपोर्ट तयार गरेको छ, जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडामा तथा २७ वटा वस्तीमा सुकम्वासी बसोबास गर्दै आएका छन्।
उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमवासी बसोबास गर्दै आएका छन् । तीमध्ये वास्तविक सुकमबासीको संख्या यकिन गर्न तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनका लागि दीर्घकालीन उपाय खोजी गर्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो ।
सहरी विकास मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनाल, अभियन्ता गोविन्द काफ्ले, सर्वेक्षक चेतनाथ पराजुली तथा विकास समितिका प्रवक्ता कमल अर्याल सो कार्यदलका सदस्यसचिव रहेका छन् ।
सुकुमबासी बसोवास गर्दै आएका सम्बन्धित वडाका सबै वडाध्यक्षलाई कर्यादलमा राखिएको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका सहअध्यक्ष नारायण परिश्रमीलाई पनि सो कार्यदलमा समावेश गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
सम्बन्धित समाचार
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
