• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

मेस्सी र ‘गोट’ को बहसबारे फिफाले नै गरिदियो नयाँ खुलासा

काठमाडौँ । सन् २००६ को विश्वकपमा एकसाथ प्रवेश गरेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ बहस सिर्जना गरे । विश्वभरका फुटबल समर्थकहरु दुई धारमा बाँडिए।

एकाथरिले मेस्सीलाई उत्कृष्ट भने, अर्काथरिले रोनाल्डोलाई। मेस्सी कि रोनाल्डो उत्कृष्ट भन्ने बहस १६ वर्षदेखि चल्दै आएको थियो । अन्ततः मेस्सीले नै आफूलाई उत्कृष्ट प्रमाणित गरे। कतारमा दुवैले अन्तिम विश्वकप खेलेका थिए। मेस्सीको कप्तानीमा अर्जेन्टिना र रोनाल्डोको कप्तानीमा पोर्चुगल कतार पुगेको थियो ।

दुवैको लक्ष्य थियो आफ्नो अन्तिम विश्वकपमा राष्ट्रलाई उपाधि दिलाउने । तर मेस्सीले लक्ष्य पूरा गरेको विश्वकपमा रोनाल्डोको टिम क्वार्टरफाइनलबाटै बाहिरियो । त्यसमा पनि रोनाल्डोको विश्वकप यात्रा सुखद रहेन ।

मेस्सीले एकपछि अर्को कीर्तिमान बनाउँदै जाँदा रोनाल्डो भने विपक्षीसँग होइन आफ्नै टिमभित्र संघर्ष गरिरहेका थिए। टिमकै केही खेलाडी र प्रशिक्षकसँगको मनमुटाव मैदानमै देखिएको थियो ।

प्रशिक्षक फर्नान्डो सान्तोषले नकआउट चरणमा रोनाल्डोलाई बेन्चमा राखिदिए । क्वार्टरफाइनलमा पनि उनले पहिलो रोजाइमा मौका पाएनन्। रोनाल्डोको नेतृत्वमा पोर्चुगलले क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेन ।

उनको डेब्युमा २००६ को विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि अन्तिम ८ बाटै विदा भयो । पोर्चुगलको हारपछि रोनाल्डो रुँदै मैदानबाट विदा भए। रोनाल्डोलाई प्रशिक्षक र सहकर्मीले गरेको व्यवहारले उनका समर्थक पनि दुःखी भए। विश्वकपमा ५ खेल खेल्दा उनले पेनाल्टीमा एक गोल गरे ।

उनका प्रतिस्पर्धी भनिएका मेस्सी गोल्डेन बुटको दौडमा थिए । विश्वकपमा ७ गोल गरेका मेस्सीले सबैभन्दा बढी ३ गोलमा असिस्ट पनि गरे। मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रलाई विश्वकप दिलाए ।

विश्वकपमा दोस्रो पटक उत्कृष्ट खेलाडी पनि बने मेस्सी। जो दोस्रो पटक उत्कृष्ट बन्ने पहिलो र एक मात्रै हुन् । मेस्सीले विश्वकप जितेसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भनेको छ, ‘को सर्वोत्कृष्ट भन्ने बहस सकियो। मेस्सीले पाउन बाँकी एक मात्रै पुरस्कार पनि प्राप्त गरे । उनको विरासत पूरा भयो ।’

विश्व फुटबलमा सबैभन्दा ठूलो उपलब्धि हासिल गर्ने मेस्सी नै हुन्। व्यक्तिगत रुपमा उनले सबैखाले पुरस्कार प्राप्त गरिसकेका छन् । तर उनलाई एउटै आरोप थियो राष्ट्रलाई ठूला उपाधि दिलाउन नसकेको ।

त्यो पनि डेढ वर्षको फरकमा दुई उपाधि दिलाउँदै पूरा गरेका छन्। डेढ वर्ष पहिले कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले उनकै कप्तानीमा विश्वकप पनि जित्यो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
    सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.