मेस्सी र ‘गोट’ को बहसबारे फिफाले नै गरिदियो नयाँ खुलासा
काठमाडौँ । सन् २००६ को विश्वकपमा एकसाथ प्रवेश गरेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ बहस सिर्जना गरे । विश्वभरका फुटबल समर्थकहरु दुई धारमा बाँडिए।
एकाथरिले मेस्सीलाई उत्कृष्ट भने, अर्काथरिले रोनाल्डोलाई। मेस्सी कि रोनाल्डो उत्कृष्ट भन्ने बहस १६ वर्षदेखि चल्दै आएको थियो । अन्ततः मेस्सीले नै आफूलाई उत्कृष्ट प्रमाणित गरे। कतारमा दुवैले अन्तिम विश्वकप खेलेका थिए। मेस्सीको कप्तानीमा अर्जेन्टिना र रोनाल्डोको कप्तानीमा पोर्चुगल कतार पुगेको थियो ।
दुवैको लक्ष्य थियो आफ्नो अन्तिम विश्वकपमा राष्ट्रलाई उपाधि दिलाउने । तर मेस्सीले लक्ष्य पूरा गरेको विश्वकपमा रोनाल्डोको टिम क्वार्टरफाइनलबाटै बाहिरियो । त्यसमा पनि रोनाल्डोको विश्वकप यात्रा सुखद रहेन ।
मेस्सीले एकपछि अर्को कीर्तिमान बनाउँदै जाँदा रोनाल्डो भने विपक्षीसँग होइन आफ्नै टिमभित्र संघर्ष गरिरहेका थिए। टिमकै केही खेलाडी र प्रशिक्षकसँगको मनमुटाव मैदानमै देखिएको थियो ।
प्रशिक्षक फर्नान्डो सान्तोषले नकआउट चरणमा रोनाल्डोलाई बेन्चमा राखिदिए । क्वार्टरफाइनलमा पनि उनले पहिलो रोजाइमा मौका पाएनन्। रोनाल्डोको नेतृत्वमा पोर्चुगलले क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेन ।
उनको डेब्युमा २००६ को विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि अन्तिम ८ बाटै विदा भयो । पोर्चुगलको हारपछि रोनाल्डो रुँदै मैदानबाट विदा भए। रोनाल्डोलाई प्रशिक्षक र सहकर्मीले गरेको व्यवहारले उनका समर्थक पनि दुःखी भए। विश्वकपमा ५ खेल खेल्दा उनले पेनाल्टीमा एक गोल गरे ।
उनका प्रतिस्पर्धी भनिएका मेस्सी गोल्डेन बुटको दौडमा थिए । विश्वकपमा ७ गोल गरेका मेस्सीले सबैभन्दा बढी ३ गोलमा असिस्ट पनि गरे। मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रलाई विश्वकप दिलाए ।
विश्वकपमा दोस्रो पटक उत्कृष्ट खेलाडी पनि बने मेस्सी। जो दोस्रो पटक उत्कृष्ट बन्ने पहिलो र एक मात्रै हुन् । मेस्सीले विश्वकप जितेसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भनेको छ, ‘को सर्वोत्कृष्ट भन्ने बहस सकियो। मेस्सीले पाउन बाँकी एक मात्रै पुरस्कार पनि प्राप्त गरे । उनको विरासत पूरा भयो ।’
विश्व फुटबलमा सबैभन्दा ठूलो उपलब्धि हासिल गर्ने मेस्सी नै हुन्। व्यक्तिगत रुपमा उनले सबैखाले पुरस्कार प्राप्त गरिसकेका छन् । तर उनलाई एउटै आरोप थियो राष्ट्रलाई ठूला उपाधि दिलाउन नसकेको ।
त्यो पनि डेढ वर्षको फरकमा दुई उपाधि दिलाउँदै पूरा गरेका छन्। डेढ वर्ष पहिले कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले उनकै कप्तानीमा विश्वकप पनि जित्यो ।
सम्बन्धित समाचार
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
