मौरीले टोकेर एकजना वृद्धको मृत्यु, ४ जना घाइते
विराटनगर । चराउन ल्याएका मौरीले टोकेर मोरङको कानेपोखरी गाउँपालिका–५ भौंसाबारीमा १ जना वृद्धको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
मौरीले टोक्दा कानेपोखरी–५ का ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौरीले टोकेर मंगलबार दिउँसो गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा रमाइलो हेल्थ केयरमा मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।
कानेपोखरी–५ का ६८ वर्षीय झबर यादव, ३६ वर्षीय मानबहादुर सुनार, २० वर्षीया जेनिसा राजवंशी र ५५ वर्षीय शोखलाल ऋषिदेव घाइते भएका छन् । सामान्य अवस्थाका उनीहरुको रमाइलो हेल्थ केयरमा उपचार गराइएको छ । चराउन ल्याउने क्रममा बिच्किएका मौरीले अन्य स्थानीयलाई पनि टोकेको प्रहरीले जनाएको छ ।
झापाको शिवसत्ताक्षी नगरपालिका–९ का ३८ वर्षीय ओमदेव बस्नेत र ४५ वर्षीय पशुपति अधिकारीले चितवनबाट गाडीमा राखेर मौरी चराउन कानेपोखरी ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ घार मौरी चराउन ल्याएको खुलेको छ । गाडीबाट मौरीलाई चराउन निकाल्ने क्रममा एउटा घार भुइँमा खसेर फुटेको थियो ।
घार फुटेपछि बिच्किएका मौरीले वरपर हिँडडुल गरिरहेका स्थानीयलाई टोकेको प्रहरीले जनाएको छ । घटनापछि बस्नेत र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, खोजी भएको बेला उपस्थित हुने शर्तमा दुवै जनालाई छाडिएको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
सम्बन्धित समाचार
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
