प्रचण्डलाई भेट्न उपेन्द्र यादव खुमलटारमा
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। नयाँ सरकार गठनबारे गृहकार्य चलिरहेका बेला दाहाल–यादवको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपाले नेकपा ९एमाले० सँग तालमेल गरेर निर्वाचनमा होमिएपनि निर्वाचनको मतपरिणाम आएसँगै एमालेसँगको तालमेल सकिएको जनाईसकेको छ ।
सरकारको नेतृत्व गर्ने दलको नीति र आफूहरूले उठाउँदै आएका मुद्धा सम्बोधनको विषयलाई हेरेर सरकारमा सहभागी हुने बताउँदै आएका यादव दाहालको पहलमा सत्ता गठबन्धनसँग सहकार्य गरेर सरकारमा सहभागी हुने तयारीमा छन् ।
गठबन्धनको अर्को घटक माओवादी केन्द्रले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै आएको छ । प्रचण्डको दाबीमा एकीकृत समाजवादीका नेताहरुको पनि समर्थन देखिन्छ ।
कांग्रेस संस्थापन पक्ष सुरुमा देउवालाई प्रधानमन्त्री बनाएर माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पालो दिने सहमति गर्न तयार देखिएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
सम्बन्धित समाचार
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
