माओवादीसँग पार्टी एकता गर्नेगरी अगाडि बढे बाबुराम
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्।
उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुने बनाइएको छ।
नेपाल समाजवादी पार्टीले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हको प्रयोग गरेका थिए। यसैगरी, आफू निर्वाचित हुँदै गरेको गोर्खा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिएका थिए ।
जनयुद्धकालमा सहकार्य गरेका प्रचण्ड र बाबुराम पछिल्लो समय नजिक छन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग सोमबार अध्यक्ष भट्टराईले भेटवार्ता गरेका थिए।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादव विजयी भएका छन्।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
