मनहरीमा स्कुटर दुर्घटना, तीन जनाले गुमाए ज्यान
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएको हो ।
मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुपेश र मिलनको भरतपुरमा रहेको पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएको हो । स्कुटरलाई अरु गाडीले ठक्कर दिएको भनिए पनि ठक्कर दिने गाडीको पहिचान खुलेको छैन ।
स्कुटरलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण आक्रोशित स्थानीयले गएराति ११ बजेदेखि आज बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने गाडी तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
