एकलौटी पाराले अघि बढ्दा मेयर साहका १० असफलता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति जनअपेक्षा कायम छ । तर, विगत आठ महिना लामो उनको कार्यकाल सफल देखिएको छैन ।
एकल निर्णय गरी एकलौटी पाराले अघि बढ्दा सफलताभन्दा असफलता बढी देखिएको छ। मेयर साहले वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए, तर अहिले वैज्ञानिक फोहोर व्यवस्थापनको कुरा त परै जाओस् स्रोतमै फोहोर वर्गीकरण गर्ने विषय नै सेलाएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा जथाभावी फोहोर फाल्ने काम रोकिएको छैन ।
मेयर साह र उपमेयर सुनिता डंगोलसहितको टोली उपत्यकाको गोकर्णेश्वर र भक्तपुर नगरपालिकाले गरेको नमुना फोहोर व्यवस्थापन आवलोकन गर्न जाँदा नगरवासीमा ठूलो उत्साह थपिएको थियो । तर, फोहोर व्यवस्थापन हुन सकेन ।
महानगरका जनता मात्र होइन, साहकै कार्यालयका कर्मचारी उनको काम देखेर असन्तुष्टि पोखिरहेका छन् । उनले मेयर हुनुभन्दा करिब एक महिना पहिला राजधानीको होटल, रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्नदिने निर्णय गरे । तर, त्यो पनि प्रभावकारी कार्यान्वयन हुनसकेन । अहिले मेयरको सो योजना अलपत्र भएको छ ।
महानगरको स्वामित्वमा भएका शौचालयलाई व्यवस्थित गर्न नसकेको कामपाले व्यवसायीको शौचालय प्रयोग गराउन सकेन । अनधिकृत संरचना हटाउने मेयरको अर्को योजना पनि सुस्ताएको छ ।
आफ्नो एकल निर्णय गर्दै केही दिन डोजरसहित संरचना भत्काउन पुगेका मेयर साह अहिले थाकिसकेका छन्। हामीलाई अवैध संरचना भत्काउने विषयमा कुनै कुरै गरेका छैनन्– एक कर्मचारीले भने, ‘शुरूमा त उहाँको जोश र जाँगर फरक थियो, अहिले सबै सेलाए जस्तो छ ।’
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
