• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • १३ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • १३ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • १५ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • १५ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • १५ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • २० घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • २० घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • २१ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ३. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

काठमाडौंमा विनासकारी भूकम्पको खतरा, यस्तो छ कारण

जानकारी केन्द्र २०७९, माघ, १

काठमाडौं । जमिनमुनि शक्ति सञ्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौंको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

उनले प्रस्ट्याए, “काठमाडौं उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौंमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।”

त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताए । उनका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ ।

त्यसको असर काठमाडौंमा पनि पर्यो तर काठमाडौंदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ ।

काठमाडौंमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए । अब आउने अनुमान गरिएको भूकम्प काठमाडौं र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउँछन् ।

तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौं केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौंमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ । गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

उनले यसअघि काठमाडौंमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गरेका छन् । उनका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौं आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.