• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • ७ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • ७ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • ७ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • ८ घण्टा 

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली
  • ९ घण्टा 

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
  • १० घण्टा 

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • २. सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. राष्ट्र बैंकद्वारा नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर र युरोको भाउमा सामान्य गिरावट

  • ५. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • ६. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ७. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ८. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ९. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • १०. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फुटबल खेल्न साउदी अरब पुगे मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार – यसले के सङ्केत गर्छ ?

जानकारी केन्द्र २०७९, माघ, ७

बीबीसी । रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल(स्टार इलेभनबीच बिहीवार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो ।

तर सो मैत्रीपूर्ण खेल खेलकुदमा खाडीराष्ट्रहरूको बढ्दो प्रभावको अर्को एउटा नमुना हो । सन् २०११ यता पीएसजीमा कतारी राजपरिवारसँग सम्बन्ध भएका लगानीकर्ताहरूको स्वामित्व छ । उक्त क्लब मेस्सी, एम्बाप्पे र नेइमारजस्ता प्रख्यात खेलाडीहरूलाई आबद्ध गर्न सफल भएको छ ।

साउदी क्लब अल-नासरसँग अनुबन्धित रोनाल्डो साउदी अल(स्टार इलेभनका तर्फबाट मैदानमा ओर्लिएका हुन् । उक्त खेलमा पीएसजीले साउदी क्लबलाई ५-४ ले हरायो । खेलमा मेस्सी, रोनाल्डो र एम्बाप्पले गोल गरे ।

खाडीराष्ट्रको क्लबमा अनुबन्धित भएबापत रोनाल्डोले साढे दुई वर्षको अवधिमा २० करोड डलरभन्दा बढी रकम प्राप्त गर्ने विवरणहरू सार्वजनिक भएका छन् । एक प्रशंसकले त मैत्रीपूर्ण खेलको टिकटका लागि लिलामीमार्फत् २६ लाख डलर तिरे ।

त्यसले खर्च गर्न सक्ने क्षमता देखाउँदै विश्व फुटबलमा युरोप र ल्याटिन अमेरिकाको प्रभाव मध्यपूर्वतिर सर्दै गएको सङ्केत गर्छ । विगतमा विदेशमा घरजग्गा कारोबार र परम्परागत व्यवसायहरूका लागि परिचित साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारजस्ता क्षेत्रीय शक्तिराष्ट्रहरूले खेलकुद उद्योगमा ध्यान बढाउन थालेका छन् ।

त्यसलाई विशेषज्ञहरूले आर्थिक विविधीकरणका लागि कूटनीतिक प्रयासको “सफ्टपावर” का रूपमा हेरेका छन् ।

युरोपेली फुटबल
खाडीराष्ट्रहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्न सक्ने क्लब पीएसजी मात्र होइन । खाडीराष्ट्रका लगानीकर्ताले स्वामित्व लिएको पहिलो प्रख्यात टोली म्यान्चेस्टर सिटी पनि हो ।

सन् २००८ मा इङ्ग्लिश प्रिमीअर लीग खेल्ने उक्त क्लबको अर्बपति शेख मन्सुर बिन जायद अल नाह्यानले स्वामित्व लिए जो यूएईको राजपरिवारका सदस्य हुन् । पछिल्ला वर्षहरूमा खाडीराष्ट्रका धनाढ्यहरूले फुटबल क्लब किन्ने क्रम बढेको पाइन्छ । साउदी अरबको इन्भेस्टमेन्ट फन्डले न्यूकाशल यूनाइटेड क्लबको निकै विवादास्पद कारोबारमार्फत् स्वामित्व लिएको थियो ।

उक्त विषयका कारण यूकेमा ठूलो विवाद भएको थियो । त्यो मूलभूत रूपमा पत्रकार जमाल खशोग्जीको हत्यामा केन्द्रित थियो । साउदी राजकुमार मोहम्मद बिन सलमानका आलोचक खशोग्जीको सन् २०१८ को अक्टोबर महिनामा इस्तान्बुलस्थित साउदी वाणिज्य दूतावास जाँदा हत्या गरिएको थियो ।

उनको हत्या गर्न साउदी राजकुमारले निर्देशन दिएको पश्चिमा गुप्तचर निकायहरूको विश्वास छ । तर सलमानले भने त्यो आरोपको प्रतिवादन गर्दै आएका छन् । साउदी राज्यले क्लबलाई नियन्त्रण गर्दैन भन्ने “कानुनी रूपमा बाध्यकारी आश्वासन” दिइएपछि मात्रै स्वामित्व लिने प्रक्रिया अगाडि बढाउन अनुमति दिइएको थियो ।

प्रख्यात टोलीको स्वामित्व लिनेबाहेक खाडीराष्ट्रहरूले प्रमुख खेलकुद प्रतियोगिताको आयोजनाका साथै प्रायोजकका रूपमा ठूला सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।

साउदी अरबले रियादमा खेलिएका इटाली र स्पेनका सुपर कपजस्ता युरोपेली फुटबल खेलहरूको विशेष संस्करणको प्रवर्धन गर्न लगानी गरेको छ । यूएईको राष्ट्रिय ध्वजावाहक इमिरेट्सले रेआल मड्रिड र एसी मिलानसँग अर्बौँ डलरको प्रायोजन सम्झौताहरू गरेको छ ।

ठूला खेलकुद प्रतियोगिता
हालसम्म खाडीराष्ट्रहरूले आयोजना गरेको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सन् २०२२ को फिफा विश्वकप हो । पुरुष फुटबल विश्वकप कतारले आयोजना गरेको थियो । त्यस्तै साउदी अरब, यूएई, कतार र बहराइनले सन् २०२३ मा एफवन ग्र्यान्ड प्रिक्स आयोजना गर्न लागेका छन् ।

कतारले पौडी, एथ्लेटिक्स र जिम्न्यास्टिकको विश्व च्याम्पिअन्शिप आयोजना गरिसकेको छ । साउदी अरबले पनि प्रख्यात बक्सिङ प्रतियोगिताका साथै डब्ल्यूडब्ल्यूई रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ । मनोरञ्जनको खेल रेस्लिङको ब्र्यान्ड साउदी लगानीकर्तालाई बेचिन सक्ने हल्ला पनि व्यापक रूपमा फैलिएको छ ।

खाडीराष्ट्रमा सर्दै
कतारले सफलतापूर्वक विश्वकप फुटबल आयोजना गरेकाले खाडीराष्ट्रहरूमा ठूलाठूला खेलकुद प्रतियोगिताहरू हुने सम्भावना बढाएको छ ।

साउदी अरबले इजिप्ट र ग्रीससँगै सन् २०३० को विश्वकपका लागि सामूहिक रूपमा दाबी गर्ने विचार गरिरहेको बताइएको छ भने कतारको राजधानी दोहाले सन् २०३६ को ग्रीष्मकालीन ओलिम्पिक्स र पारालिम्पिक्सको दाबी गर्ने निर्णय गरेको खेलकुदविज्ञहरूको विश्वास छ ।

दोहा दुई पटक उक्त प्रतियोगिता आयोजना गर्ने दौडमा भए पनि गत वर्ष सम्पन्न भएको विश्वकपमा उत्कृष्ट पूर्वाधार र यातायात व्यवस्थाले उसको दाबीलाई थप बलियो बनाउनेछ । त्यस्तै शीतकालीन ओलिम्पिक्सको आयोजना गर्ने होडमा पनि खाडीराष्ट्रहरू छन् ।

गत अक्टोबरमा साउदी अरबले निओममा हुन लागेको शीतकालीन एशियाली खेलकुद २०२९ को आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो । मरुभूमिको बीचमा अवस्थित यो नयाँ सहरमा ५०० अर्ब डलर खर्च गरिनेछ । त्यहाँ एउटा स्कीइङ रिसोर्ट पनि बन्नेछन् । सन् २०२६ सम्ममा त्यसको निर्माण सकिने अपेक्षा गरिएको छ ।

साउदी अरब, यूएई, कतार र बहराइनसँग ठूलाठूला तेल र ग्यास उद्योगहरू छन् । तिनले ती देशलाई विश्वव्यापी खेल निकायहरूमा प्रतिस्पर्धा गर्न आर्थिक शक्ति प्रदान गर्छ । तर त्यसको आलोचना पनि भएको छ ।

सन् २०२२ को विश्वकप आयोजना गर्ने दौडका क्रममा रहेको कतारको कमजोर मानवाधिकार रेकर्डका कारण आलोचना भएको थियो । विशेषतः कामदार र तेस्रोलिङ्गीलाई कतारमा गरिने व्यवहारका कारण उसमाथि प्रश्न गरिएको थियो ।

आलोचनाको शृङ्खला जारी रहँदा समेत विश्व खेलकुदमा खाडीराष्ट्रहरूको भूमिका झन् व्यापक हुँदै जाने देखिन्छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

ताजा

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.