• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
  • ६ घण्टा 

आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • २० घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • २० घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • २१ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • २२ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • २२ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • २. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ३. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ४. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ८. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ९. सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

  • १०. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

अन्तरिक्ष टेलिस्कोपले पत्ता लगायो पृथ्वी जत्रै नयाँ ग्रह

जानकारी केन्द्र २०७९, माघ, ७

बीबीसी । गत वर्षदेखि सञ्चालनमा आएको जेम्स वेब टेलिस्कोपले कैयौँ नयाँ कुराहरू पत्ता लगाएको छ । यसले एउटा नयाँ उपलब्धि हासिल गरेको छ । अन्तरिक्षमा स्थापित सबैभन्दा ठूलो उक्त टेलिस्कोपले पहिलो पटक एउटा ग्रह पत्ता लगाएको छ ।

उक्त ग्रह पृथ्वीसँग निकै मिल्दोजुल्दो देखिन्छ । वैज्ञानिकहरूले भविष्यमा उक्त ग्रह बारे थप नयाँ कुरा थाहा पाउन काम गर्ने योजना बनाएका छन् ।

वैज्ञानिकहरूले के फेला पारे ?
अक्टान्स तारामण्डलमा अवस्थित उक्त चट्टानी ग्रह पृथ्वीबाट ४१ प्रकाशवर्ष पर छ । उक्त ग्रहको नाम एलएचएस ४७५बी  (LHS 475b)  राखिएको छ । सबैभन्दा पहिला नासाको एउटा भू-उपग्रहले उक्त ग्रह पत्ता लगाएको थियो ।

तर जेम्ब वेबले उक्त ग्रहको अवलोकन गर्दै त्यसको अस्तित्व पुष्टि गरेको हो । यो निकै नयाँ ग्रह भएकाले यस बारे धेरै कुरा जान्न बाँकी छ । तर वैज्ञानिकहरूले केही प्रारम्भिक विवरण दिएका छन् ।

यो ग्रह सानो छ र यसको आकार पृथ्वीको जत्रै छ । तर त्यहाँको तापक्रम पृथ्वीको भन्दा केही सय डिग्रीले बढी भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । वैज्ञानिकहरूको टोलीले उक्त ग्रहमा वायुमण्डल भए नभएको बारे थाहा पाउने प्रयास गरिरहेको छ ।

यद्यपि उक्त ग्रहमा शनि ग्रहको चन्द्रमा टाइटनमा भए जस्तो मीथेन ग्यासको बाक्लो वायुमण्डल नभएको कुरामा उनीहरू विश्वस्त देखिएका छन् । यस उपलब्धिबाट उत्साहित भएका वैज्ञानिकहरूले भविष्यमा अरू ग्रहहरू पनि फेला पर्ने आशा गरेका छन् ।

“पृथ्वीको जत्रो आकारको चट्टानी ग्रहका यी प्रारम्भिक अवलोकनात्मक परिणामले भविष्यमा जेम्स वेबमार्फत् चट्टानी ग्रहको वायुमण्डलबारे अध्ययन गर्न सम्भावनाको ढोका खोलेका छन्,” नासाका निर्देशक मार्क क्लाम्पिनले भने ।

“जेम्स वेबले हामीलाई सौर्यमण्डलबाहिर पृथ्वीसमान संसार भएको नयाँ धारणालाई अझ राम्ररी बुझाइदिएको छ, उनले भने, “हाम्रो अभियान बल्ल सुरु भएको छ ।”

वैज्ञानिकहरूले नयाँ ग्रह बारे थप जानकारी चाँडै पाइने अपेक्षा गरेका छन् । उनीहरूले केही महिनामा थप अवलोकन गर्ने तालिका बनाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
आज यी स्थानमा भारी वर्षाको सम्भावना
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ताजा

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

आज यी स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.