क्लबले पनि तोड्यो अल्भेससँगको सम्झौता
काठमाडौँ । ब्राजिलियन डिफेन्डर डानी अल्भेस यौन दुर्व्यवहार आरोपमा पक्राउ परेपछि मेक्सिकन क्लब पुमासले उनीसँगको सम्झौता रद्द गरेको छ । गत डिसेम्बरमा बार्सिलोनाको एक नाइट क्लबमा दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो ।
पुमासले तत्काललाई लागू हुनेगरी सम्झौता रद्द गरिएको जनाएको छ । बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसले ३९ वर्षको उमेरमा गत कतार विश्वकपमा ब्राजिलियन टिमबाट विश्वकप खेलेका थिए । २०२२ को डिसेम्बर ३० मा उनले महिलालाई यौन दुर्व्यवहार गरेको बताइएको छ ।
शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन्। उनले नाइट क्लबमा उपस्थित भए पनि आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।
उनले प्रहरीसमक्ष भनेका थिए, ‘म नाच्नका लागि शौखिन छु । साथीहरूसँग नाइट क्लब गएको हो, नाचेको पनि हो तर कुनै महिलालाई यौन दुर्व्यवहार गरेको छैन । म ती महिलालाई चिन्दिनँ पनि जसले आरोप लगाएकी छिन् ।’
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
