दुर्गा प्रसाईँ भन्छन्- ‘संसारमा कहीँ नबाँचेको विरामी हाम्रोमा बाँच्छन्’
काठमाडौं । बिएण्डसी टिचिङ अस्पताल झापा विर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले विश्वकै आधुनिक प्रविधियुक्त उपकरणमार्फत आफ्नो अस्पतालमा विरामीहरुको उपचार हुने दावी गरेका छन् । अस्पतालको ‘बिएण्डसी मेरोसाथी विमा योजना’ अन्तर्गत मेची पहाडी जिल्लाको अभियनका लागि पाँचथर पुगेको निर्देशक प्रसाईँले आफूहरुले विश्वस्तरको विश्वस्तरको उपचार गरिरहेको जिकिर गरेका हुन् ।
बिएण्डसी अस्पतालमा नेपालको कुनै पनि क्यान्सर अस्पतालको भन्दा राम्रो सेवा उपलब्ध हुने भएकाले उक्त अस्पताल एशियाकै नमुना भएको बताए । उनले पूर्वी नेपालका नागरिकमा अस्पताल प्रति विश्वास नभएपनि पश्चिम नेपाल तथा भारतका नागरिक भने उपचारबाट सकारात्मक प्रभावमा परेकाले सँधै आउने गरेको बताए ।
त्यस्तै आफू पनि क्यान्सर पीडित भएकाले आफूले संसारकै अब्बल अमेरिका तथा सिंगापुरमा प्रयोगमा ल्याइएका मेसिनमार्फत अस्पतालले सुविधा दिने उनको दावी छ । नेपाल सरकारले त्यस प्रकारको रेडिएसन मेसिन ल्याउने कल्पनै नगरेको उनले बताए ।
बेला बखत विवादमा आउने र सरकारले मागे आफ्नो अस्पताल नै जिम्मा दिने अभिव्यक्ति दिने गरेका निर्देशक प्रसाइँले स्थानीय स्तरमै उच्चस्तरको अस्पताल बन्नुपर्ने बताए । त्यस्तै उनले बिएण्सी अस्पतालमा सेवा तथा गुणस्तर अनुसार शुल्कमा पनि सुलभता रहेको बताए ।
उनले उक्त अस्पताल नेपालको अन्य अस्पतालहरुसँग तुलनै गर्न नमिल्ने बताएका हुन् । विर्तामोड झापामा रहेको बिएण्सी अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पताल समेत संचालन गरिरहेको छ ।
उक्त अस्पतालले आँफै स्वास्थ्य विमा कार्यक्रमको अवधारणा ल्याएर पूर्वी पहाडमा आफ्नो स्किमको प्रवद्र्धन गरिरहेको छ । अस्पतालले वार्षिक ६ हजारको विमामार्फत ५० हजार बराबरको स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?