उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायमै रहने आयोगको निर्णय
काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले आज यस्तो निर्णय लिएको हो । यसअघि यादवको उम्मेदवारी बदर गर्न माग गर्दै उजुरी परेको थियो । त्यस सम्बन्धमा यादवले आफ्नो तर्फबाट आज स्पष्टीकरण बुझाएका थिए ।
सोलगत्तै आयोगले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो । यादवलाई सत्ता गठबन्धनको साथ छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत्र ३ गते हुँदैछ । उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जसपाबाटै प्रमिला यादवको उम्मेदवारी परेको थियो । रामसहायको उम्मेदवारी कायम रहेपछि प्रमिलाले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छिन् ।
रामसहायको उम्मेदवारी कायम रहेसँगै उनी निर्वाचित हुने सम्भावना प्रवल रहेको छ । योसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवको संसद् छिर्ने सम्भावना बलियो बनेको छ । रामसहाय निर्वाचित भएपछि रिक्त रहने उनको क्षेत्रमा उपेन्द्र यादव उपनिर्वाचनमा लड्ने निश्चित् भएको छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
