बेस्ट फिफा अवार्ड : एमबाप्पे, मेस्सी र हालान्डमा कसले मार्लान् बाजी ?
काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा अर्जेन्टिनाका लिओनल मेस्सी, फ्रान्सका केलिएन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड परेका छन् । फिफाले सार्वजनिक गरेको अन्तिम तीनको सूचीमा यी तीन खेलाडी दाबेदारको रुपमा रहेका छन् ।
आगामी जनवरी १५ मा हुने फिफा फुटबल अवार्डमा विजेता घोषणा गरिनेछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ सम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बेस्ट अवार्डबाट सम्मान गरिने फिफाले जनाएको छ ।
फिफाले सुरुमा फुटबल एक्सपर्टहरुले छानेका १२ खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसबाट राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान र फुटबल पत्रकारका साथै फ्यानहरुको भोटका आधारमा अन्तिम तीन खेलाडीको सूची छानिएको फिफाले जनाएको छ ।
गत वर्ष डिसेम्बरमा भएको कतारमा विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका मेस्सी अवार्डको बलियो दाबेदारको रुपमा रहेका छन् । उनलेले ३६ वर्षको उमेरमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन प्रेरणादायी प्रदर्शन गर्नुका साथै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड समेत पाएका थिए ।
यस्तै एमबाप्पेले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्याउन मद्दत गर्दै सर्वाधिक गोल समेत गरेका थिए । फाइनलमा अर्जेन्टिना विरुद्ध उनले ह्याट्रिक गरेपनि उपाधि दिलाउन पर्याप्त भएन । उनले पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च लिग वानको उपाधि दिताएका थिए ।
यस्तै नर्वेका स्टार हालान्डले गत सिजन म्यानचेष्टर सिटीलाई प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ट्रेबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले युरोपियन गोल्डेन बुट र प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए ।
यस्तै महिलातर्फ स्पेनका विश्व विजेताद्वय आइताना बोनमाटी र जेनिफर होर्मवसोसहित कोलम्बियाका लिन्डा काइसेडो अन्तिम तीनको मनोनयनमा परेकी छन् । विश्वकपको उपाधिका साथै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल समेत पाएकी बोनमाटीले युरोपियन वर्ष खेलाडी र बालोन डे’ओर अवार्ड समेत जितिसकेकी छन् । उनी अवार्डको मुख्य दाबेदारको रुपमा छिन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
