जोर्डनलाई हराउँदै कतारले उचाल्यो एसियन कपको उपाधि
काठमाडौँ । कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ । कतारको लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि रक्षा गरेको हो ।
यसअघि सन् २०१९ मा यूएईमा भएको प्रतियोगितामा जापानलाई ३ – १ ले नै हराउदै कतारले पहिलो पटक एसियन कपको उपाधि जितेको थियो । हिजोको खेलमा जोर्डनलाई पराजित गर्ने क्रममा कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे ।
उनले सबै गोल पेनाल्टीमार्फत गरेका थिए । प्रतियोगिता अवधिभर ८ गोल गर्दै अफिफ सर्वाधिक गोलकर्ता बनेका छन् । साथै उनी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि चुनिए । लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जीत निकालेको थियो ।
यस्तै अन्तिम १६ मा प्यालेस्टाइनमाथि २–१ को जीत दर्ता गरेको थियो । क्वार्टरफाइनलमा उज्वेकिस्तानविरुद्ध टाइब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो ।
पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको जोर्डन जीत निकाल्न असमर्थ भएपछि निराश बनेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
