Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

पूर्वमन्त्री खान सवार गाडी दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २६
पूर्वमन्त्री खान सवार गाडी  दुर्घटना

काठमाडौं। जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार गाडी दुर्घटना भएको छ। काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको उनी सवार बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।
उक्त गाडीमा खानसहित चार जना सवार रहेको बताइएको छ। दुर्घटनामा पूर्वमन्त्री खानसहित चारै जना सामान्य घाइते भएको बताइएको छ। उनीहरुलाई मलेखुकै स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स