Jankari Kendra
१० श्रावण २०८३, आईतवार

यी हुन् कपाल झर्न रोक्न खानै पर्ने खानेकुराहरु, जानीराखौं

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, बैशाख, ३०
यी हुन् कपाल झर्न रोक्न खानै पर्ने खानेकुराहरु, जानीराखौं

गर्मीको मौसम आइसकेको छ । गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् ।

कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ । खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो बनाउँछ ।

भिटामिन बी: भिटामिन बी, बी१, बी२, बी३, बी५, बी७, बी९ र बी१२ पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरुले अक्सिजनलाई कपालको जरासम्म पुर्याउँछ । जसले न्युट्रिसन प्राप्त हुन्छ । यसले कपालको पनि वृद्धि गर्छ । यो भिटामिन प्राप्त गर्नका लागि फलफूल, केरा, अण्डा, दूध, मासु, पत्तेदार सागसब्जी र होल ग्रेनहरुको सेवन धेरै गर्नुपर्छ ।

भिटामिन ई: भिटामिन ई कपालका लागि अत्यन्तै आवश्यक भिटामिन हो । भिटामिट ई पाइने खानेकुरा, मासु, अण्डा, फलफूल, सागसब्जी, बदाम आदि खानेकुरा खाने गर्नुपर्छ ।

भिटामिन सी: भिटामिन सी पानीमा घुल्ने भिटामिन हो । यसले कपाललाई बलियो बनाउन मद्दत गर्छ । यसले कोलेजन बनाउन मद्दत गर्छ । भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला, अमला आदिको सेवन गरेर भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ए: भिटामिन ए कपालको लागि अत्यन्त आवश्यक तत्व हो । यसले कपाललाई मोइस्चर गर्नुका साथै कपाललाई बढ्न पनि मद्दत गर्छ । गाजर, दूध, टमाटर, शकरकंद, तरबुज, रातो खुर्सानी, अण्डा, माछा आदिमा भिटामिन ए पाउन सकिन्छ ।

प्रोटिन: कपाल बढ्नका लागि प्रोटिनको आवश्यकता धेरै हुन्छ । प्रोटिनको सेवनले कपाल रुखो हुने र झर्ने पनि समस्या हुँदैन । प्रोटिन अण्डा, मासु, पनीर, टोफू, बदाम, नट्स, दाल आदिमा पाइन्छ ।

आइरन: विशेषज्ञका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा आइरनको कमी हुनु हो । त्यसले आइरनयुक्त खानेकुराको सेवनले कपाल झर्न रोक्न सकिन्छ । यसका लागि पालक, बिन्स, मटर र फलफूल खाने गर्नुपर्छ ।

युट्युब सट्स