मुकेश अम्बानीको रिलायन्स र वाल्ट डिज्नको मर्जरलाई अनुमोदन
काठमाडौँ । भारतको प्रतिस्पर्धा नियामक, भारतीय प्रतिस्पर्धा आयोगले रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन गरेको छ । यो मर्जरपछि रिलायन्सको मिडिया साम्राज्य ८.५ बिलियन डलरको भएको छ ।
यो सम्झौता छ महिना अघि घोषणा गरिएको थियो । तर यो एन्टी ट्रस्ट नियामकको छानबिनमा परेपछि अहिले आएर अनुमोदन भएको भारतीय मिडिया हरुले उल्लेख गरेका छन् । यो मर्जरपछि नयाँ उद्यममा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजको सबैभन्दा बढी हिस्सेदारी हुनेछ ।
मर्जरपछि बनेको उद्यमले सोनी, नेटफ्लिक्स र अमेजन जस्ता स्ट्रिमिङ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नेछ । यस उद्यमसँग महत्त्वपूर्ण क्रिकेट प्रतियोगिताहरू सहित भारतमा हुने अधिकांश खेलकुद घटनाहरू प्रसारण गर्ने अधिकार हुनेछ ।
रिलायन्सको मिडिया एसेट र डिज्नीको मर्जर आगामी ६ महिनामा सम्पन्न हुनेछ । मुकेश अम्बानीकी पत्नी नीता अम्बानी नयाँ उद्यमको अध्यक्ष हुनेछिन् ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
