पृथ्वी बारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा
काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको आकारको क्षेत्र देखिएको छ । यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र अवस्थित छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले यसलाई डोनट अर्थात् गोलो आकारको रूपमा वर्णन गरेका छन् । वैज्ञानिकहरूका अनुसार पृथ्वीको तरल कोर भित्रको संरचना तल्लो अक्षांशमा मात्र पाइन्छ र भूमध्य रेखासँग समानान्तर हुन्छ ।
साइन्स एडभान्सेसमा प्रकाशित अध्ययनका अनुसार पृथ्वीमा दुईवटा कोर तह छन् । भित्री कोर जो ठोस तह हो र बाहिरी कोर तरल हो । आवरणले पृथ्वीको कोरलाई घेरेको छ । नयाँ खोजले पृथ्वीको बाहिरी कोरको माथिल्लो भागमा रिंग आकारको क्षेत्र समावेश गर्दछ, जहाँ तरल कोरले आवरणलाई भेट्छ । यो खोज गर्ने अनुसन्धान टोलीले ठूला भूकम्पबाट उत्पन्न हुने तरंगहरूको विश्लेषण गरेको थियो ।
भूभौतिकशास्त्री प्रोफेसर हार्भोजे टकालसीसले यी तरंगहरू पृथ्वीबाट गुज्रिन्छन्, जसले वैज्ञानिकहरूलाई यसको आन्तरिक संरचनाको बारेमा जानकारी दिने बताएका छन् । उनले भने शोधकर्ताहरूले तरल कोरको बाहिरी भाग र आवरणको बीचमा जाने भूकम्पीय छालहरू कसरी सुस्त हुन्छन् भन्ने कुरामा केन्द्रित थिए । उनले भने, ती छालहरूको बाटो र तिनीहरूको बित्ने समय हेरेर हामीले पृथ्वीको बाहिरी भागमा छालको यात्रालाई पुन: निर्माण गरेका छौं ।
भूमध्य रेखासँग समानान्तर केन्द्रित रिंग क्षेत्र
वैज्ञानिकहरूका अनुसार छालहरू सुस्त हुँदा यसको बाहिरी कोरमा भूमध्य रेखासँग समानान्तर केन्द्रित रिंग आकारको क्षेत्र पत्ता लाग्यो । भूकम्पको तुरुन्तै अवलोकन गर्नुको सट्टा, वैज्ञानिकहरूले झटका केही घण्टा पछि छालहरू बीचको समानताको विश्लेषण गरे । अध्ययनका सह-लेखक डा. सियाओलोङ माले भने, यो खोजले पृथ्वीको चुम्बकीय क्षेत्रको गतिशीलताका केही रहस्यहरू उजागर गरेको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


