सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ । यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो ।
नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो । स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा अवतरण भएको थियो ।
बोइङ कम्पनीले नासाका लागि यो अन्तरिक्ष यान बनाएको हो । जुन ५ मा सुनिता र बुचलाई आईएसएसमा पठाइएको थियो । यो केवल ८ दिनको मिसन थियो, तर यसको सुरक्षित फिर्तीमा समस्या आएपछि सुनिता र बुचलाई आईएसएसमै छोडेर यो यान पृथ्वीमा फर्किएको छ ।
अन्तरिक्ष यानमा हिलियम ग्यास चुहावट भएको जानकारी आएको थियो । नासाले अगस्ट २४ मा स्टारलाइनरमा सुरक्षा समस्याका कारण बुच र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउन नसकिने बताएको थियो ।
अब सुनिता र बुचलाई एलोन मस्कको कम्पनी स्पेसएक्सको क्रू ड्र्यागन स्पेसक्राफ्टले आगामी फेब्रुअरीमा मात्र फिर्ता ल्याइने बताइएको छ । नासाले भने अन्तरिक्ष यानमा भएको खराबी बारे नासा र बोइङबीचको संयुक्त टिमले अनुसन्धान गर्ने बताएको छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


