वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। साउन महिनासम्म १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
यस्तो कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेको छ, जसले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै,नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख, सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख,कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख,प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले,३ अर्ब ९६ करोड ८५ लाख लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख,एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख, प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख, हिमालयन बैंकले १ अर्ब ९१ लाख ९५ हजार एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख, कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख , सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख, एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख , माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख र नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
