वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड सेयर कर्जा प्रवाह,कुनबाट कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। साउन महिनासम्म १९ वटा वाणिज्य बैंकहरूले कुल ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
यस्तो कर्जा प्रवाह गर्ने बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेको छ, जसले १० अर्ब ७१ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ८ अर्ब १२ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै,नेपाल बैंकले ६ अर्ब ९२ करोड ६८ लाख, सिद्धार्थ बैंकले ५ अर्ब ९० करोड ६५ लाख,कुमारी बैंकले ५ अर्ब २७ करोड ७७ लाख, सिटिजन्स बैंकले ४ अर्ब ८४ करोड ११ लाख,प्राइम बैंकले ४ अर्ब ५३ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले,३ अर्ब ९६ करोड ८५ लाख लक्ष्मी सनराइज बैंकले ३ अर्ब ८६ करोड ५३ लाख,एनआईसी एसिया बैंकले ३ अर्ब ४९ करोड २० लाख, प्रभु बैंकले २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब १९ करोड ६४ लाख, हिमालयन बैंकले १ अर्ब ९१ लाख ९५ हजार एभरेष्ट बैंकले १ अर्ब ७८ करोड ९३ लाख, कृषि विकास बैंकले १ अर्ब ५७ करोड १ लाख , सानिमा बैंकले १ अर्ब ५१ करोड ५४ लाख, एनएमबि बैंकले १ अर्ब २२ करोड ९९ लाख , माछापुच्छ्रे बैंकले ५१ करोड २४ लाख र नेपाल एसबीआई बैंकले ४२ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
यस्तो छ आजको मौसम पुर्वानुमान
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय