नेपाल बैंकका ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइनई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमानिक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामानखरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम रु १,५ सयसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतमरु २ हजार बराबरकोे छुट प्राप्तगर्न सकिनेछ ।
छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
यो योजना २०८१ सालअसोज ११ गते देखि २०८१ सालअसोज २१ सम्मलागू हुनेछ ।
सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

