लायन्स क्लब अफ काठमाण्डु च्याम्पियन र काठमाण्डु एकताले गरे स्टेसनरी सामाग्री वितरण
काठमाडौं । लायन्स क्लब अफ काठमाण्डु च्याम्पियन र लायन्स क्लब अफ काठमाण्डु एकताको संयुक्त आयोजनामा विदुर नगरपालिका–३, खड्गभञ्ज्याङ जोगीडाँडामा रहेको श्री चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई स्कुल पोशाक, स्कुल व्याग, स्टेसनरी, माइक सहितको स्पिकर लगायतको सामाग्रीहरु हस्तान्तरण गरीएको छ ।
विुदर नगरपालिका भित्रको बिकट स्थानमा रहेको जोगीडाँडामा लायन्स क्लबका सदस्यहरु आफ्नो सेवाभावले करिव एक घण्टा पैदल हिडेर स्कुल सामाग्री वितरण गर्न त्यस स्कुलमा पुगेका हुन् । स्कुल प्रागणमा आयोजित एक कार्यक्रममा सामाग्री वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुजेल र प्रधानाध्यापक सूर्य प्रसाद ढुङ्गेलले अतिथिहरुलाई स्वागत गर्दै स्कुलको नाजुक अवस्था बारे बोल्दै स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी संख्या बढाउन स्थानियहरुलाई सहयोग गर्न अपिल समेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट कोर्डिनेटर अनुज कुमार श्रेष्ठले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ को अवधारणा अनुसार कमजोर आर्थिक अवस्था भएका बस्तीमा रहेको स्कुल भएको कारण सहयोगको लागि यहाँ लायन्स आइपुगेको र अब स्कुलको समग्र विकासको निम्ति निरन्तर सेवामा जुट्ने बताए ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डु च्याम्पियनका प्रेसिडेन्ट सुमन जर्घा मगर, त्यसै क्लबका सेकेण्ड भाइस प्रेसिडेन्ट अर्जुन रिमाल, लायन्स क्लब अफ काठमाण्डु एकताका प्रेसिडेन्ट प्रतिमा रावलले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा डिस्ट्रिक्ट क्याविनेट अफिसर डिजी क्लब भिजिट चियरपर्सन दिपक बावु थापा र जोन चियरपर्सन कृष्ण बहादुर रिमालको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विद्यालयका अभिभावकहर र स्थानीयहरुको स्वास्थ्य परीक्षण गरि ओैषधी वितरण समेत गरिएको लायन्स क्लब अफ काठमाण्डु एकताका प्रथम उपाध्यक्ष सम्झना पन्तले जानकारी दिए । जनस्वास्थ्य कर्मी समेत रहेका उपाध्यक्ष पन्तले त्यस क्षेत्रमा विकटताका कारण धेरै जनता नियमित उपचारबाट बञ्चित रहेको महसुस भएकोले छिट्टै पुनः बृहत स्वास्थ्य शिविर सहित आफू आउने प्रतिबद्धता समेत जनाएका छन ।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

