नेपालमा लन्च भएको अल्ट्राभायोलेट एफ ७७ म्याच को यस्तो रहेको छ मुल्य सहित सम्पुर्ण जानकारी
काठमाडौँ । भर्खरै नेपालमा अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्राईभेट लिमिटेडले अल्ट्राभायोलेट एफ ७७ म्याच २ सार्वजनिक गरेको छ। यस बाईक ७ ओटा कलर निलो, चाँदी, सेतो, रातो, पहेँलो, खैरो र कालो मा उपलब्ध रहेको बताईएको छ ।
यस बाईकमा मोटर ३० किलोवाटको पर्मानेन्ट म्याग्नेट रहेको छ भने ब्याट्रि १०.३ किलोवाट आवर र यस ब्याट्रि टाईप लि–आयोन रहेको छ । ४०.७ पिएसको पिक पावर रहेको र पिक टर्क १०० एनएम रहेको यस अल्ट्राभायोलेट एफ ७७ म्याच २ बाईकको रेन्ज ३२३ किलोमिटरमा (आई.डि.सि ) उपलब्ध छ । कम्पनिले यस बाईकको मुल्य भने ९ लाख ९९ हजार तोकेको कम्पनिले बताएको छ । यस बाईकलाई २० देखि ८० प्रतिशत चार्ज हुन ५ घण्टा लाग्ने साथै बाईको टप स्पिड प्रति घण्टा १५५ किलोमिटर रहेको पनि जनाईएको छ । बाईकको टायरको कुरा गर्दा अगाडि ११०/७० आर १७ र पछाडि १५०/६० आर १७ को टायर रहको छ ।
८०० एमएमको सिट हाईट रहेको यस बाईकको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ साथै बाईकको सेफ्टि फिचरको कुरा गर्दा यसमा डुअल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, एन्टि कोलिसन वारनिङ, टीपीएमएस, हिल होल्ड रहेको छ । यस अल्ट्राभायोलेट एफ ७७ म्याच २ बाईकको तौल २०७ केजि रहेको कम्पनिले जनाएको छ ।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

