स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
जानकारी केन्द्र
२०८१, मंसिर, ५
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको सरेको छ । यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताए पनि मिति परिर्वतन भएकोले अब बैंकको बुक क्लोज मंसिर १२ गते हुनेछ । जसअनुसार अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
