लक्ष्मी सन्राइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) – मार्फत सेवा लिन सक्नुहुनेछ । ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२५ एटिएम, २६ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल