हङकङबिरूद नेपाल २२६ रनले बिजयी
काठमाडौं । नेपाली यु १९ टोलीले हङकङ विरुद्ध २२६ रनले बिजयी भएकाे छ । एकदिवसीय अभ्यास शृंखला आफ्नो पक्षमा पारेको नेपालले फराकिलाे जीत हासिल गरेकाे छ । मुलपानी क्रिकेट मैदानमा बुधबार नेपालले २२६ रनको सानदार जित दर्ता गरेकाे हाे ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा २.० ले अगाडि बढेको छ । पहिलो खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा ७१ रनमै समेटिएकाे हाे ।
हङकङका कप्तान शिव माथुरले १६, अरेज दार र प्र्रित मोन्गुकियाले समान १४ रन बनाए भने नेपालका लागि दयानन्द मण्डलले चार, सिब्रिन श्रेष्ठ र अपराजित पराजुलिले समान दुई तथा सन्तोष यादव र नरेन भट्टले समान एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो । शृंखलाका तेस्रो तथा अन्तिम खेलमा शुक्रबार हुनेछ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

