चीनको तिब्बतमा आएको भूकम्पबाट अहिलेसम्म १२६ जनाको मृत्यु
काठमाडौँ । मंगलबार बिहान आएको शक्तिशाली भूकम्पका कारण चीनमा १२६ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् ।
भूकम्पको केन्द्रविन्दु रहेको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा करिब ७ हजार मानिस बढी प्रभावित भएको सिन्ह्वाले उल्लेख गरेको छ । त्यस्तै अहिलेसम्म भूकम्पबाट ३६ सय भन्दा बढी घर भत्किएको, ४०७ जनाको सकुशल उद्धार गरिएको प्रभावित ३० हजार भन्दा बढीलाई सुरक्षित ठाउमा सारिएको रिपोर्टमा उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ । अहिलेपनि राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या अझै बढ्नसक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल सहित भारतसम्म महसुस गरिएको थियो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
