ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ
वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
समाचार अनुसार ट्रम्पको सपथ ग्रहणका लागि अमेरिकी सुरक्षा निकायले ३६ माइलको सुरक्षा घेरा बनाएको थियो, जसमा २५ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरियो भने ८ सय राष्ट्रिय गार्डहरू पनि रहेका थिए ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि दुई पटक घातक हमला भएको थियो । यसैलाई ध्यानमा राख्दै गोप्य सेवा र अन्य सुरक्षा निकायहरू सबै सम्भावनाका लागि तयार पारिएको थियो । ड्रोन आक्रमण, रासायनिक आक्रमण र रकेट लन्चर आक्रमणजस्ता कुनै पनि आक्रमणलाई विफल पार्न कडा व्यवस्था गरिएको थियो ।
विश्वकै शक्तिशाली राष्ट्रका नेताको सपथ ग्रहण समारोहमा कुनै अप्रिय घटना नहोस् भनेर जमिन देखि आकाशसम्म निगरानी गरिएको थियो भने सपथ ग्रहण समारोहमा जाने क्रममा र सपथ ग्रहण पछि ह्वाइट हाउससम्मका सबै सडक सिल गरियो ।
सपथ लिनुअघि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया वासिङ्टनको लाफायेट स्क्वायरस्थित सेन्ट जोन्स एपिस्कोपल चर्च पुगेका थिए भने ट्रम्पले सपथ लिनुअघि रुसी राष्ट्रपति पुटिनले सुरक्षा परिषद्सँग भेट गरेका थिए ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

