कश्मीरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल
कश्मीर। जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ । ‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ ।
गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।
पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ ।
सो घोषणा पछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले भर्ना गरिएका चार बालबालिकासहित पहिलो ५ बिरामीमा वान्ता र झाडा पखालालगायतका खानामा विषाक्तताका लक्षण देखिएको बताए । त्यसपछि घाँटी दुख्ने र सास फेर्न समस्या भएको स्थानियले स्वास्थ्यकर्मीलाइ जानकारी गराएका छन ।
संघीय सरकारले छानबिन गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
