च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने सय पाकिस्तानी प्रहरी बर्खास्त
काठमाडौँ । पाकिस्तान जारी च्याम्पियन्स ट्रफीमा ड्युटीबाट बेपत्ता भएका एक सय प्रहरीलाई सरकारले बर्खास्त गरेको छ । च्याम्पियन्स ट्रफीको समयमा ड्युटीमा अनुपस्थित भएको भन्दै पाकिस्तान सरकारले १०० भन्दा बढी प्रहरीलाई जागिरबाट बर्खास्त गरेको हो ।
पञ्जाब पुलिस माताहातका यी प्रहरीहरूले सन् २०२५ को च्याम्पियन्स ट्रफीको सुरक्षाको जिम्मेवारी लिन नचाहे पछि बर्खास्तीमा परेका हुन । यी प्रहरीहरू पञ्जाब प्रहरीका विभिन्न शाखामा कार्यरत थिए। एक प्रहरी अधिकारीका अनुसार च्याम्पियन्स ट्रफीका क्रममा सयभन्दा बढी प्रहरी धेरै पटक ड्युटीबाट हराएका थिए । धेरै प्रहरीहरूले च्याम्पियनसिप ट्रफीको सुरक्षा मामिलामा काम नगर्ने भन्दै स्पष्ट रूपमा अस्वीकार गरेका थिए। जसका कारण उनीहरूलाई जागिरबाट बर्खास्त गरिएको जनाइएको छ ।
एक प्रहरी अधिकारीले भने, ‘यी प्रहरीहरूलाई गद्दाफी स्टेडियमदेखि लाहोरको होटलसम्म टोलीको सुरक्षा गर्न भनिएको थियो तर उनीहरु या त बेपत्ता रहे वा काम गर्न अस्वीकार गरे।’ अहिले पञ्जाबका आईजीपी उस्मान अनवरले यस विषयमा कडा कारबाही गर्न आदेश दिएका हुन । अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरक्षा लापरवाही सहन नसकिने जनाउँदै कारबाही प्रकिया अगाडी बढाइएको हो ।
यद्यपी प्रहरीहरुले किन ड्युटी गर्न मानेनन् भन्ने आधिकारिक कारण भने अझै पनि खुलाइएको छैन । तर पाकिस्तानका केही मिडिया रिपोर्टका अनुसार प्रहरीहरूले आफूलाई धेरै काम गर्न लगाइएको गुनासो गरेका छन ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

