च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने सय पाकिस्तानी प्रहरी बर्खास्त
काठमाडौँ । पाकिस्तान जारी च्याम्पियन्स ट्रफीमा ड्युटीबाट बेपत्ता भएका एक सय प्रहरीलाई सरकारले बर्खास्त गरेको छ । च्याम्पियन्स ट्रफीको समयमा ड्युटीमा अनुपस्थित भएको भन्दै पाकिस्तान सरकारले १०० भन्दा बढी प्रहरीलाई जागिरबाट बर्खास्त गरेको हो ।
पञ्जाब पुलिस माताहातका यी प्रहरीहरूले सन् २०२५ को च्याम्पियन्स ट्रफीको सुरक्षाको जिम्मेवारी लिन नचाहे पछि बर्खास्तीमा परेका हुन । यी प्रहरीहरू पञ्जाब प्रहरीका विभिन्न शाखामा कार्यरत थिए। एक प्रहरी अधिकारीका अनुसार च्याम्पियन्स ट्रफीका क्रममा सयभन्दा बढी प्रहरी धेरै पटक ड्युटीबाट हराएका थिए । धेरै प्रहरीहरूले च्याम्पियनसिप ट्रफीको सुरक्षा मामिलामा काम नगर्ने भन्दै स्पष्ट रूपमा अस्वीकार गरेका थिए। जसका कारण उनीहरूलाई जागिरबाट बर्खास्त गरिएको जनाइएको छ ।
एक प्रहरी अधिकारीले भने, ‘यी प्रहरीहरूलाई गद्दाफी स्टेडियमदेखि लाहोरको होटलसम्म टोलीको सुरक्षा गर्न भनिएको थियो तर उनीहरु या त बेपत्ता रहे वा काम गर्न अस्वीकार गरे।’ अहिले पञ्जाबका आईजीपी उस्मान अनवरले यस विषयमा कडा कारबाही गर्न आदेश दिएका हुन । अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरक्षा लापरवाही सहन नसकिने जनाउँदै कारबाही प्रकिया अगाडी बढाइएको हो ।
यद्यपी प्रहरीहरुले किन ड्युटी गर्न मानेनन् भन्ने आधिकारिक कारण भने अझै पनि खुलाइएको छैन । तर पाकिस्तानका केही मिडिया रिपोर्टका अनुसार प्रहरीहरूले आफूलाई धेरै काम गर्न लगाइएको गुनासो गरेका छन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
