बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछाएको बागमतीले २२.५ ओभरमा अल आउट हुदै ६७ रन मात्र बनाएको थियो ।बागमतीका लागि कप्तान पृथु बास्कोटाले १५ तथा आशुतोष घिरोहिया र सुमन सुनुवारले ११-११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहान र बिप्रासन केसीले ३-३ तथा निर्मल गुरुङ र रमेश कुर्मीले २-२ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ३२.४ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्बाधिक ३३ रन बनाएका थिए भने मनिष थापा र कप्तान देव खनालले १५-१५ रन बनाएका थिए । त्यसैगरी बाग्मतीका बलर गौतम केसीले ४ विकेट लिएका थिए भने सुर्य तामाङ र इशान पाण्डेले २-२ विकेट लिएका थिए ।
जारी पीएम कपमा यो लुम्बिनीको तेस्रो जित हो । लुम्बिनीको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ । त्यस्तै बागमतीको भने चौथो खेलमा तेस्रो हार हो । बागमतीको ४ खेलमा एक जितबाट २ अंक रहेको छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

