इजरायलद्दारा हमासका प्रधानमन्त्रीको हत्या, मारिनेकाे संख्या ४१३ नाघ्याे
तेल अहिव । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इसम दिब अब्दुल्लाह अल दलिसको हत्या गरेको छ । इजरायलको रक्षा बलले अब्दुल्लाको मृत्यु भएको पुष्टि गरेको हो । अब्दुल्ला, जुलाई २०२४ मा रुही मुश्ताहाको मृत्यु पछि सो पदमा आएका थिए।
अब्दुल्लाले गाजामा हमासको सरकार चलाएका थिए। उसले हमासको संगठन र आतंकवादी गतिविधिको जिम्मेवारी पनि लियो। पछिल्लो २४ घण्टामा इजरायलले हवाई हमलामा हमासका ३ प्रमुख आतंककारीलाई पनि मारेको जनाइएको छ ।
जसमा हमासका कमाण्डर तथा राजनीतिक नेता महमूद मारजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सल्तान र अहमद ओमर अब्दुल्लाह अल हता रहेका छन ।
इजरायलले हमाससँग जनवरी १९ बाट सुरु भएको युद्धविराम अन्त्य गरेको छ । मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि युद्ध पुनः सुरु गर्ने विषयमा बयान दिएका थिए । नेतान्याहुले भने, ‘इजरायल लड्नेछ र जित्नेछ। हामी हाम्रा मानिसहरूलाई घर फर्काउनेछौं। हमासलाई समाप्त नगरेसम्म हामी पछि हट्ने वा आराम गर्ने छैनौं।’
इजरायलले मङ्गलबार बिहान गाजामा फेरि हवाई आक्रमण सुरु गरेको थियो । अहिलेसम्म इजरायली आक्रमणमा परी ४१३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । यस हमलासँगै गाजा र इजरायलबीच जनवरी १९ मा भएको दुई महिना पुरानो युद्धविराम तोडिएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
